Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

स्याउ पाक्यो, ढुवानी समस्या

स्याउ पाक्यो, ढुवानी समस्या
A A+ A-

टेकबहादुर बुढा

बाजुरा। यतिबेला बाजुराका कृषकका बगैँचामा लटरम्म स्याउ पाकेका छन् । पछिल्लो समय व्यावसायिक रूपमा स्याउ खेती गर्ने कृषकको सङ्ख्या बढेसँगै जिल्लामा स्याउ खेती विस्तार भइरहेको छ । आम्दानीको राम्रो स्रोतका रूपमा रहेकाले स्याउ खेतीतर्फ कृषक आकर्षित भएका हुन् ।

पछिल्ला बर्षमा कृषकले स्याउका बगैँचा विस्तार गरिरहेका छन् । विगतका वर्षको तुलनामा यस वर्ष उत्पादन बढ्को छ तर बजारसम्म पु¥याउन ढुवानी र भण्डारणको समस्या समाधान हुन सकेको छैन । कृषकले बर्सेनि यो समस्या भोग्दै आएका छन् ।

जिल्लामा स्याउ उत्पादनको मुख्य क्षेत्र पूर्वी उत्तरी भेगका बूढीनन्दा नगरपालिका, स्वामीकार्तिक खापर, जगन्नाथ र हिमाली गाउँपालिका हुन् । गौमूल, खप्तड छेडेदह गाउँपालिका लगायतका केही अन्य पालिकाका उच्च लेकाली भेगका स्याउ उत्पादन हुने गरेको छ तर त्यहाँ अझै व्यवसायिक खेती हुन नसकेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

जिल्लाकै सबैभन्दा बढी स्याउ खेती भइरहेको बूढीनन्दा नगरपालिका–९ पाण्डुसैनका कृषक स्याउ पाकेर बगैँचा राताम्मे भएसँगै टिप्न व्यस्त छन् । सहारा कृषि फार्मका कृषक शेरबहादुर रावत भन्छन्, “प्रायः सबै स्याउ पाकिसके, अन्य जातको तुलनामा फुजी चाहिँ अलि ढिला पाक्छ, तर यो क्षेत्रमा सबैले टिप्न सुरु गरिसके ।”

स्याउ पाकेर बजारसम्म ढुवानी गर्न जिल्लाको मुख्य सडकखण्ड मार्तडी–कोल्टी सडक वर्षायाम सुरु भएयता तीन महिनादेखि अवरुद्ध छ । तथापि कतिपय सवारी साधनको पहुँच भएको ठाउँमा गाडीबाट र कतिपयले पिठ्यूँमै बोकेर सदरमुकामसम्म पु¥याउनुपर्ने बाध्यता छ ।

कृषकका बगैँचामा उत्पादन भएका स्याउमध्ये ४० प्रतिशत मात्र स्याउ बजारमा पु¥याउन सकिएको छ । यातायात र नजिक बजारको अभावमा करिब ६० प्रतिशत स्याउ बारीमै खेर जाने गरेको छ ।

यस्तै, स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका कृषक मिलन शाहीले उत्पादन बढ्दै गए पनि सहज ढुवानीबाट बजारीकरण र भण्डारणको सुविधा नहुँदा स्याउ बगैँचामै खेर गइरहेको बताए । कृषक शाहीले “लाखौँ लगानी गरेर स्याउ खेती सुरु गरे, अहिले स्याउ पाके तर ढुवानी गरेर बजारसम्म पु¥याउन यातायात छैन, केही बारीबाटै प्रतिकेजी रु २० मा बेच्छौँ, बिक्री नभएमा गाईभैँसींलाई खुवाउनु पर्ने बाध्यता छ ।”

अहिले सडक बन्द भएका बेला स्याउ सुरक्षित राख्न सकिए सडक खुलेपछि राम्रो मूल्यमा बिक्री गर्न सकिने भएकाले चिस्यानयुक्त भण्डारको आवश्यकता खड्किएको छ ।

कृषक उज्ज्वल रावतले भने, “अहिले बाटो सुचारु नभए पनि कोल्ड स्टोर भएमा त्यहीँ राख्न सकिन्थ्यो । त्यो नहुँदा स्याउ बारीमै झरेर कुहिने अवस्था आउँछ ।” बाजुरामा स्याउ उत्पादन बढ्दै गएसँगै उचित मूल्य, भण्डारण, प्याकेजिङ र ढुवानीको व्यवस्था किसानका लागि प्रमुख चुनौती बनिरहेको छ ।

कृषकहरु स्थानीय, प्रदेश र सङ्घीय सरकारले स्याउ उत्पादन क्षेत्रलाई लक्षित गरी सडक, ढुवानी तथा भण्डारणको व्यवस्था गर्नुपर्ने बताउँछन् ।

विशेषगरी स्याउ उत्पादन हुने गाउँसम्म सडकको पहुँच विस्तार र सञ्चालनमा रहेका सडकलाई बाह्रै महिना चल्ने बनाउनेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने उनीहरुको माग छ ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्व आर्थिक मामिला मन्त्री नरेश शाहीले बाजुरालगायतका जिल्लामा उत्पादन हुने स्याउले सिङ्गो सुदूरपश्चिमको माग धान्न सक्ने बताउछन् ।

उनले भने, “सुदूरपश्चिमका लागि बाजुराको स्याउले धान्ने खालको देखियो । प्रदेशको कृषि मन्त्रालयको रिपोर्टले पनि स्वामीकार्तिक खापर गाउँपालिका र बूढीनन्दा नगरपालिकाको स्याउले सिङ्गो सुदूरपश्चिम धान्न सक्छ भनेको छ । त्यसलाई बजार व्यवस्थापन र प्रवद्र्धन गर्न सक्नुपर्छ ।”

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले पनि बाजुरामा स्याउ खेतीको ठूलो सम्भावना रहेको बताए ।

कृषि ज्ञान केन्द्र बाजुराका अनुसार बूढीनन्दा नगरपालिका, जगन्नाथ, स्वामीकार्तिक खापर र हिमाली गाउँपालिकाका विभिन्न स्थानका करिब ३७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती हँुदै आएको छ । जिल्लामा गत वर्ष एक हजार २२ मेट्रिक टन स्याउ खेती उत्पादन भएको थियो ।

चालु आर्थिक वर्षमा स्याउ ढुवानीका लागि अनुदान कार्यक्रम राखिएता पनि पनि स्याउ पाक्दा पनि प्रदेशको बजेट पारित नहुँदा समस्या भएको कृषि ज्ञान केन्द्रका प्रमुख हरिशबहादुर बिष्ट बताए ।

2