Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

काठमाडौँका इन्जिनियर कोईरी विरुद्ध चार करोड ५८ लाख भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर

काठमाडौँका इन्जिनियर कोईरी विरुद्ध चार करोड ५८ लाख भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर
अ+ अ-

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर (उपनिर्देशक) रामबाबु महतो कोईरीले सेवाकलामा चार करोड अन्ठाउन्न लाख सन्तानब्बे हजार चार सय तीन रुपैयाँ अठासी पैसा पैसा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

अकुत सम्पत्ति आर्जन गरेको भन्दै आयोगले सोमबार मुद्दा दर्ता गरेको जनाएको छ । धनुषा, क्षीरेश्वरनाथ नगरपालिका ५ (साबिक नकटाझिज ६) स्थायी वतन भई हाल काठमाडौँ महानगरपालिका ४ चण्डोल बस्ने कोइरीले पदीय मर्यादा विपरीतका कार्य गरी गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदनका सम्बन्धमा अनुसन्धान गर्दा अकुत सम्पत्ति आर्जन गरेको पाइएपछि मुद्दा दर्ता गरेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो ।

आरोपित कोइरीले काठमाडौँ महानगरपालिकाको कार्यालयमा २०४६ वैशाख १९ गते देखि सार्वजनिक पद धारण गरी २०७८ फागुन ३० गतेसम्म जागिर खाएका थिए । उक्त अवधिमा सात करोड छयानब्बे लाख छयहत्तर हजार आठ सय चार रुपैयाँ तेइस पैसा आर्जन गरेको र ती मध्ये तीन करोड सैँतिस लाख उनासी हजार चार सय रुपैयाँ चौँतिस पैसाको मात्र स्रोत देखिएकाले बाँकी रकम भ्रष्टाचार गरेको भन्दै आयोगले बिगो मागवादी सहित कारबाही गर्न मुद्दा दर्ता गरेको जनाएको छ ।

2