Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

बजेट आर्थिक सुधारको अर्को चरण : अर्थमन्त्री

बजेट आर्थिक सुधारको अर्को चरण : अर्थमन्त्री
A A+ A-

काठमाडौँ- उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट अर्थतन्त्र सुधारको अन्तिम किस्ता नभएको बताउनुभएको छ । मङ्गलबार काठमाडौँमा क्लिकमाण्डु डटकमले आयोजना गरेको प्रि मनिटरी पोलिसी डिस्कसन र विशेष प्रकाशन सार्वजनिक गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अध्यादेशका मार्फतबाट कानुनहरु संशोधन गर्दा पनि सरकारले आर्थिक सुधारको अन्तिम किस्ता अध्यादेश नभएको बताइएको र बजेट पनि अर्थतन्त्र सुधारको अन्तिम किस्ता नरहेको जिकिर गर्नुभयो । उहाँले आर्थिक सुधारको अर्को चरणको रुपमा बजेट आएको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री पौडेलले सुधारको श्रृङ्खलाको अन्तिम कडी बजेट नभएको बताउँदै सुधारका अरु आवश्यक कदमहरु चाल्दै जाने बताउनुभयो । नेपालमा स्वदेशी र विदेशी लगानीको मात्रा र दायरा नबढेसम्म, उत्पादन उत्पादकत्व वृद्धि नभएसम्म, देशभित्र रोजगारी सिर्जना हुने र हरेक नेपालीले आफ्नो भविष्य देशभित्र देख्ने स्थिति सिर्जना नभएसम्म र सबल राष्ट्रिय अर्थतन्त्रको निर्माण नभएसम्म एवम् नागरिकलाई सुखी जीवनको प्रत्याभूति दिन नसकेसम्म सुधारको श्रृङ्खला जारी रहने जिकिर गर्नुभयो ।

‘‘यो बजेट पनि आर्थिक सुधारको अन्तिम किस्ता होइन । जसरी हामी भनिरहेका थियौँ, अध्यादेशका मार्फतबाट कानुनहरु संशोधन गरियो, यो आर्थिक सुधारको अन्तिम किस्ता होइन भनेर जसरी हामी भनिरहेका थियौँ । आर्थिक सुधारको अर्को स्टेपका रुपमा बजेट आएको छ । सुधारको श्रृङ्खलाको अन्तिम कडी बजेट होइन । हामी सुधारका अरु आवश्यक कदमहरु चाल्दै जान्छौँ ।,’’ उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, ‘‘तबसम्म चाल्छौँ जबसम्म साँच्चि नै नेपालमा स्वदेशी र विदेशी लगानीको मात्रा र दायरा बढ्दैन, जबसम्म उत्पादन उत्पादकत्व वृद्धि हुँदैन, जबसम्म देशभित्र रोजगारी सिर्जना हुने, देशभित्र भविष्य खोज्ने हरेक नेपालीले आफ्नो भविष्य देशभित्र देख्ने स्थिति सिर्जना हुँदैन, जबसम्म सबल राष्ट्रिय अर्थतन्त्रको निर्माण हुन सक्दैन, जबसम्म नागरिकलाई सुखी जीवनको प्रत्याभूति गर्न सक्दैनौँ तबसम्म सुधारको श्रृङ्खला जारी रहन्छ । एकपछि अर्का सुधारका कामहरु गर्दै जान्छौँ ।’’

उपप्रधानमन्त्री पौडेलले बजेटसँग निजी क्षेत्रहरुले उत्साहका साथ प्रतिक्रिया दिनुभएको बताउँदै त्यसप्रति सम्मान व्यक्त गर्नुभयो । उहाँले बजेटको प्रभावकारी कार्यान्वयनमा रचनात्मक सहयोग र सुझाव दिन आग्रह गर्नुभयो ।

2