Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बढे पर्यटक, बढ्यो राजस्व

बढे पर्यटक, बढ्यो राजस्व
अ+ अ-

गैँडाकोट- पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको प्रसिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिरमा केबुलकार सञ्चालनले भक्तजनको सङ्ख्या र आम्दानीमा वृद्धि भएको छ । ४५० वर्ष पुरानो मन्दिरसम्म पुग्न केबुलकार निर्माण भएपछि भक्तालुको सङ्ख्यामा वृद्धि भएको मौलाकाली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटाले बताउनुुभयो ।

अध्यक्ष सापकोटाले मन्दिर आउने भक्तजनको सङ्ख्या केबुलकार बनेपछि करिब ३० प्रतिशतले बढेको बताउनुभयो । मन्दिर जान पैदलमार्ग तथा सडकमार्ग भए पनि अधिकांश भक्तजन केबुलकारबाट मन्दिर आउने गरेको अध्यक्ष सापकोटाको भनाइ छ ।

एकातिर कालीगण्डकी कोरिडोरबाट चिसापानी हुँदै सडकमार्गबाट मन्दिर जान सकिन्छ भने अर्कोतिर गणेश मन्दिर चुहारखोला हुँदै सडकमार्गबाट नै मन्दिर जान पनि सकिन्छ । गैँडाकोटको फेदीबाट पेटीको पैदलमार्ग भएर पनि कतिपय भक्तजन मन्दिर जाने गरेको अध्यक्ष सापकोटाले बताउनुभयो । उहाँका अनुसार मन्दिरको दर्शन गर्न वार्षिक पाँच लाखभन्दा बढी भक्तजन आउने गरेका छन् । अन्य दिनमा भन्दा शनिबारको दिन भक्तजन बढी आउने गरेका छन् । नयाँ वर्ष, बडादसैँ, चैते दसैँ जस्ता पर्वमा मन्दिरमा भक्तजनको भिड बढी हुने गरेको छ । केबुलकार प्रयोगकर्ताको प्रतिटिकट तीन रुपियाँ मन्दिरले पाउने गरेको छ । केबुलकारबाट समेत मन्दिरको कुल आम्दानी वार्षिक एक करोड ९२ लाख रहेको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

केबुलकारले मन्दिरको मात्र नभई स्थानीय गैँडाकोट नगरपालिकाको समेत राजस्व बढेको छ । केबुलकारले २०८० सालमा २१ लाख ९० हजार र २०८१ सालमा २० लाख ११ हजार राजस्व बुझाएको नगरपालिकाले जनाएको छ । केबुलकारको टिकट नेपालीलाई ६७५, सार्क देशकालाई एक हजार नेपाली रुपियाँ र तेस्रो देशका विदेशीलाई १५ डलर लिने गरिएको छ । मौलाकालिका मन्दिर परिसरमा नै व्यवस्थापन समितिले मौलाकालिका संस्कृत विद्यापीठ गुरुकुल सञ्चालन गर्दै आएको छ । गुरुकुलमा ५५ जना विद्यार्थी छन् । कक्षा ६ देखि १० सम्म पढाइ हुने गरेको छ ।

मन्दिरको पुनर्निर्माण

मौलाकालिका मन्दिरको इतिहास साढे चार सय वर्ष पुरानो छ । मौलाकालिका मन्दिर ४५० वर्षपहिले सेन राज्यको पालामा निर्माण भएको विश्वास गरिन्छ । सोह्रौँ शताब्दीमा पाल्पाका राजा मणिमुकुन्द सेनले देवी कालिकाको नाममा प्रतीकात्मक प्रस्तुति स्थल सिर्जना गरेपछि पर्वत मौला पहाडको नाम राखिएको किंवदन्ती छ ।

मन्दिरको अहिलेको स्वरूप केही फेर्ने मन्दिर व्यवस्थापन समितिको तयारी छ । मन्दिरमा अहिले भएको सिमेन्ट संरचना नदेखिने गरी परम्परागत शैलीको देखिने बनाइने अध्यक्ष सापकोटाले बताउनुभयो । मन्दिरमा तामाको छानो हाल्ने र टुँडालहरू फेर्ने काम पनि गरिने छ ।

मन्दिर व्यवस्थापन समितिले आगामी आर्थिक वर्ष सांस्कृतिक तथा पुरातात्त्विक सङ्ग्रहाललय बनाउने योजनासमेत बनाएको छ । कतिपय भक्तजन केबुलकारको टप स्टेसनबाट मन्दिरसम्म जान पनि नसक्ने अवस्थालाई हेरेर तीन सय मिटर पोडवे वा मोनोरेल जस्तो केही संरचना तयार गर्ने बारेमा पनि छलफल अगाडि बढेको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो । समुद्र सतहदेखि ५६१ मिटर उचाइमा रहेको यस मन्दिरबाट पवित्र देवघाटधामका साथै सुन्दर हिमालका दृश्य देखिन्छ ।

2