Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

हरित कर एक अर्ब एकानब्बे करोड

हरित कर एक अर्ब एकानब्बे करोड
अ+ अ-

काठमाडौँ- डिजेल र पेट्रोलमा लगाइएको हरित करबापत झन्डै दुई अर्ब रुपियाँ सङ्कलन भएको छ । नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को जेठ १५ सम्म सो करबापत एक अर्ब ९१ करोड रुपियाँ सङ्कलन भएको हो ।

निगमले डिजेल र पेट्रोलमा प्रतिलिटर एक रुपियाँका दरले हरित कर सङ्कलन गर्दै आएको छ । निगमका कार्यकारी निर्देशक नागेन्द साहले चालु आवमा हरित करबापत दुई अर्ब ४० करोड रुपियाँ सङ्कलन गर्ने लक्ष्य राखिएकोमा सो अनुसार कर सङ्कलन गरिने जानकारी दिनुभयो । इन्धन आयात हुने भन्सारविन्दुमा सङ्कलन गरिएको कर सरकारको खातामा जम्मा हुने गरेको उहाँले जानकारी दिनुभयो ।

सरकारले चालु आवको बजेटमार्फत डिजेल र पेट्रोलमा प्रतिलिटर एक रुपियाँका दरले हरित कर लगाइको थियो । गत वर्षको १५ जेठमा बजेट भाषणसँगै सोही दिनदेखि हरित कर सङ्कलन गरिँदै आएको निगमले जनाएको छ । गत आव २०८०/८१ मा हरित करबापत २९ करोड रुपियाँ सङ्कलन भएको थियो ।

निगमले डिजेल पेट्रोल आयात हुने भन्सारविन्दुमै कर सङ्कलन गर्ने गरेको जनाएको छ । हरित करबापत वार्षिक रूपमा दुई अर्ब ४० करोड रुपियाँ सङ्कलन हुने निगमले जनाएको छ ।

हरित कर भन्नाले वातावरणलाई प्रदूषित गर्ने क्रियाकलापमा लगाइने करलाई जनाउँछ जुन सामान्यतः ‘प्रदूषकले तिर्ने’ सिद्धान्तमा आधारित हुन्छ । यस्तो करले प्रदूषण कम गर्ने, हानिकारक ऊर्जाको प्रयोग घटाउने र स्वच्छ ऊर्जा प्रवर्धन गर्ने लक्ष्य राख्छ ।

इन्धनमा लगाएको करले गर्दा उपभोक्तालाई इन्धन खरिदमा थप भार पर्ने गर्छ । पूर्वाधार कर, सडक मर्मत दस्तुर, वातावरण शुल्कलगायतका अन्य शीर्षकमा उपभोक्ताबाट रकम असुल्ने गरिन्छ । निगमले विभिन्न शीर्षकमा उपभोक्ताबाट कर सङ्कलन गर्दै आएको छ ।

पेट्रोलियम पदार्थ, कोइलालगायतका सामग्रीमा हरित कर लगाइएको छ । जैविक इन्धनको प्रयोगलाई न्यूनीकरण गर्ने लक्ष्यसाथ हरित कर लगाउने घोषणा गरिएको थियो ।

यस्तै फर्नेस आयल, बेस आयलमा ०.५ प्रतिशत र लुब्रिकेन्ट आयलमा एक प्रतिशत हरित कर लाग्ने छ । पेट्रोलियम तेल र बिटुमिनयुक्त खनिजबाट प्राप्त तेल, ७० प्रतिशत वा सोभन्दा बढी पेट्रोलियम तेलमा पनि एक प्रतिशत कर लाग्ने व्यवस्था छ ।

2