udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

अमेरिका–इजरायल सैन्य सहकार्य: दई अर्ब ८० करोड डलरको हतियार बिक्री प्रस्ताव

अमेरिका–इजरायल सैन्य सहकार्य: दई अर्ब ८० करोड डलरको हतियार बिक्री प्रस्ताव
तस्बिर: एएनआई
A A+ A-

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब दई अर्ब ८० करोड अमेरिकी डलर बराबरको हतियार बिक्री गर्ने तयारी गरेको छ ।

प्रस्तावित सम्झौतामा दुई हजार पाउन्ड तौलका करिब ४० हजार शक्तिशाली बम समावेश छन् । यिनमा २० हजार ‘एमके–८४’ र २० हजार ‘बीएलयू–११७’ बम रहेका छन् ।

अमेरिकी अधिकारीहरूका अनुसार प्रस्तावित हतियार सम्झौता अझै अन्तिम चरणमा पुगेको छैन । यसबारे अमेरिकी संसद्लाई अनौपचारिक रूपमा जानकारी गराइसकिएको छ ।

सम्झौताको अधिकांश रकम विदेशी सैन्य वित्तीय सहयोगअन्तर्गत उपलब्ध गराइनेछ, जसबाट इजरायलले अमेरिकाबाटै यी हतियार खरिद गर्नेछ ।

यी शक्तिशाली बमको सम्भावित प्रयोगलाई लिएर गाजामा ठूलो मानवीय क्षति हुन सक्ने चिन्ता विगतमा उठेको थियो । यही कारण तत्कालीन राष्ट्रपति जो बाइडेनको प्रशासनले सन् २०२४ मा दुई हजार पाउन्डका बमको एउटा खेप इजरायल पठाउन रोक लगाएको थियो । तर ट्रम्प पुनः राष्ट्रपति बनेपछि उक्त रोक हटाइएको थियो ।

गाजामा जारी युद्धका कारण दशौँ हजार प्यालेस्टिनीको मृत्यु भएको र क्षेत्रको ठूलो हिस्सा ध्वस्त भएको छ । सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको घातक आक्रमणपछि इजरायलले गाजामा सैन्य अभियान सुरु गरेको थियो । युद्धका कारण गाजामा गम्भीर मानवीय संकट उत्पन्न भएको छ ।

अमेरिकाले गाजामा युद्धविराम कायम गर्न मध्यस्थता गर्दै आएको भए पनि विभिन्न क्षेत्रमा हिंसा अझै जारी रहेको समाचारमा उल्लेख छ । यसैबीच, ट्रम्प प्रशासनले इजरायलको सैन्य क्षमता थप बलियो बनाउन विभिन्न कदम अघि बढाइरहेको छ ।

इजरायल र अमेरिकाबीचको सम्बन्धमा केही विषयमा मतभेद देखिए पनि दुवै देशबीचको सैन्य तथा सुरक्षा सहकार्य भने निरन्तर रहेको छ । विशेषगरी इरानसँगको द्वन्द्वपछि दुई देशबीचको सम्बन्धमा केही जटिलता देखिएको थियो । राष्ट्रपति ट्रम्पले इरानसम्बन्धी विषयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुप्रति केही असन्तुष्टि पनि व्यक्त गरेका थिए ।

तर पछिल्लो प्रस्तावित हतियार सम्झौताले अमेरिका र इजरायलबीचको सैन्य सहकार्य कायमै रहेको देखाउँछ । जुलाईमा ट्रम्प र नेतन्याहुबीच ह्वाइट हाउसमा भेटवार्ता पनि भएको थियो ।(रासस/एपी)

2

Einen Blick wert — crypto casino für spannende Casino-Action