काठमाडौं: कृषि विकास बैंकका ग्राहकहरूले अब बैंकको स्मार्ट प्लस मोबाइल एप प्रयोग गरेर डिसहोमका विभिन्न सेवाहरू सहजै नवीकरण गर्न सक्ने भएका छन्। यस सुविधाबाट ग्राहकहरूले घरमै बसी डिसहोम इन्टरनेट तथा आईपीटिभीको संयुक्त प्याकेज, इन्टरनेट तथा डीटीएच टिभीको संयुक्त प्याकेज र डिसहोम डीटीएच टेलिभिजन सेवाको भुक्तानी गर्न सक्नेछन्।
बैंकको यस डिजिटल पहलले ग्राहकहरूलाई छिटो र झन्झटरहित रूपमा सेवाको निरन्तरता कायम राख्न सहयोग पुग्ने विश्वास लिइएको छ। डिसहोमले आफ्ना ग्राहकहरूलाई सहज सेवा अनुभव प्रदान गर्ने उद्देश्यले विभिन्न विद्युतीय भुक्तानी माध्यमहरू उपलब्ध गराउँदै आएको छ।
कृषि विकास बैंकको स्मार्ट प्लस एपका अतिरिक्त ग्राहकहरूले अन्य विद्युतीय भुक्तानी माध्यमहरूबाट पनि डिसहोमका सेवाहरू नवीकरण गर्न सक्नेछन्। डिजिटल माध्यमबाट सेवा नवीकरण गर्ने विकल्पहरू विस्तार गर्दै ग्राहकलाई आफ्नो सुविधाअनुसार उपयुक्त माध्यम छनोट गर्न सहज बनाउने दिशामा निरन्तर पहल गरिरहेको डिसहोमले जनाएको छ।
