काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महास३का अनुसार आज बुधबार छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य तीन हजार ६५५ रुपैयाँ कायम भएको छ।
हिजो मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार रुपैयाँ र चाँदीको मूल्य तीन हजार ६७५ रुपैयाँ कायम थियो।
