Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

वैदेशिक रोजगारीका लागि रोमानिया नेपालीको नयाँ गन्तव्य

वैदेशिक रोजगारीका लागि रोमानिया नेपालीको नयाँ गन्तव्य
A A+ A-

काठमाडौं: पछिल्लो समय नेपाली कामदारका लागि रोमानिया वैदेशिक रोजगारीको आकर्षक गन्तव्य बनेको छ। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सात हजार १७९ जना नेपालीले रोमानियाका लागि श्रम स्वीकृति लिएका छन्।

अघिल्लो आर्थिक वर्ष २०८२/८३ मा ३३ हजार ९२० जनाले श्रम स्वीकृति लिएका थिए। युरोपेली मुलुकहरूमध्ये हाल रोमानिया नेपाली कामदारको सबैभन्दा रोजाइमा परेको छ। रोमानिया निर्माण, होटल, रेस्टुरेन्ट, कृषि र उत्पादनमूलक क्षेत्रमा कामदारको माग उच्च छ। सो देशले विदेशी कामदार भर्ना गर्ने प्रक्रिया व्यवस्थित गर्न ‘वर्क इन रोमानिया’ नामक डिजिटल पोर्टल पुनः सञ्चालनमा ल्याउँदै छ।

आगामी नोभेम्बर १५ देखि सञ्चालन हुने यस पोर्टलले रोजगारदाता र एजेन्सीको विवरण जाँच गर्ने तथा आवेदन प्रक्रियालाई पारदर्शी बनाउने लक्ष्य राखेको छ। रोमानिया सरकारले सन् २०२६ सम्मका लागि ९० हजार विदेशी कामदारको कोटा निर्धारण गरेको छ। नेपाल र रोमानियाबीच २०८० असोज १९ गते श्रम समझदारी भएको थियो। यसअनुसार नेपाली कामदारले स्थानीय श्रमिकसरह सेवा सुविधा र सामाजिक सुरक्षा पाउने व्यवस्था छ।

रोमानियाको न्यूनतम पारिश्रमिक मासिक चार हजार ३२५ रोमानियाली ल्यु अर्थात् करिब एक लाख ३६ हजार रुपैयाँ तोकिएको छ। कामको समय सामान्यतया सातामा ४० घण्टा तोकिएको छ। यद्यपि वैदेशिक रोजगार विभागले रोमानिया जानुअघि वैदेशिक रोजगार कम्पनीको आधिकारिकता, रोजगार सम्झौता र भिसा प्रक्रियाबारे राम्ररी बुझ्न आग्रह गरेको छ।

पूर्वी युरोपमा अवस्थित रोमानियाले सन् २०२५ जनवरी १ देखि सेन्जेन क्षेत्रको सदस्यता प्राप्त गरेको छ। यसले गर्दा रोमानियाको भिसा भएका व्यक्तिहरूले अन्य २९ युरोपेली मुलुकमा आवतजावत गर्न सक्ने सुविधा प्राप्त गरेका छन्।

2