Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

हुम्लाको मासपुरका स्थानीयले अझै पाएनन् जग्गाको लालपुर्जा

हुम्लाको मासपुरका स्थानीयले अझै पाएनन् जग्गाको लालपुर्जा
A A+ A-

काठमाडौं: हुम्लाको ताँजाकोट गाउँपालिका-३ स्थित मासपुर गाउँका स्थानीय बासिन्दाले जग्गाको लालपुर्जा पाउन सकेका छैनन्। तीन वर्षअघि नै लालपुर्जा तयार भइसकेको भए पनि भौगोलिक विकटता र सडक सञ्जालको अभावका कारण स्थानीयले ती कागजात प्राप्त गर्न नसकेका हुन्।

स्थानीय ठानबहादुर बुढाका अनुसार मासपुरका २६ घरधुरीमध्ये २२ घरधुरी अझै पनि लालपुर्जाविहीन छन्। सरकारी कर्मचारीले गाउँमै पुगेर जग्गा नापजाँच र विवरण संकलन गरेको भए पनि हालसम्म चार जनाले मात्र लालपुर्जा लिन सकेका छन्। सदरमुकाम सिमकोटसम्म पुग्न कठिन हुनु र यात्रा खर्च व्यवस्थापन गर्न नसक्नु नै लालपुर्जा हातमा नपर्नुको मुख्य कारण रहेको बुढाले बताए। उनले भने, हातमा प्रमाण बिनाका जग्गाहरु उपभोग गरिरहेको बताउदै उहाँले आफ्ना भन्ने कुनै प्रमाण भने नभएको बताए।

अर्का स्थानीय परेक बुढाले लालपुर्जाको महत्वबारे जानकारी नहुनु र कतिपयलाई लालपुर्जा बनिसकेको विषयमा जानकारी नहुँदा पनि लिन जाने तर्फ चासो नदेखिएको बताए। उनले वडा, गाउँपालिका र भूमि व्यवस्था कार्यालयले स्थानीयलाई लालपुर्जाको महत्वबारे बुझाउन आवश्यक रहेको उल्लेख गरे। लालपुर्जा नहुँदा स्थानीय बासिन्दा कृषि अनुदानलगायतका सरकारी सेवाका लागि प्रस्तावना पेस गर्नबाट समेत वञ्चित हुँदै आएका छन्।

यता भूमि व्यवस्था कार्यालयले भने मासपुरका स्थानीयका लालपुर्जा तयार भइसकेको भए पनि लिन नआउँदा कार्यालयमै थन्किएको जनाएको छ। कार्यालयका अनुसार स्थानीयलाई पटक-पटक खबर गर्दा पनि कोही लिन नआएको अवस्था छ।

2