Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

सौराहामा हात्ती सफारी गर्नेको सङ्ख्या बढ्यो

सौराहामा हात्ती सफारी गर्नेको सङ्ख्या बढ्यो
A A+ A-

चितवन। सौराहामा हात्ती सफारी गर्ने पर्यटकको सङ्ख्या पछिल्लो समय बढिरहेको छ । एउटा हात्तीले दैनिक चार पटकसम्म पर्यटकलाई वन क्षेत्रमा घुमाउने गरेको छ । कोभिडपछि हात्ती चढ्न आउने पर्यटकको सङ्ख्या यस वर्ष बढी भएको पर्यटन व्यवसायीले जनाएका छन् ।

सौराहा आएका पर्यटक हात्ती चढेर बाघमारा, चित्रसेन र कुमरोज मध्यवर्ती सामुदायिक वन घुम्ने गर्दछन् । हात्तीबाट पर्यटकले दुर्लभ एक सिङ्गेगैँडा, पाटेबाघ जस्ता वन्यजन्तु हेरेर रमाउने गर्दछन् । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार यस वर्ष एउटा हात्तीले दैनिक सरदर दुई पटक निकुञ्ज घुमाएको बताए । उनले भने, “कोभिडपछि सबैभन्दा बढी हात्ती चढ्न आएका पर्यटकको सङ्ख्या यसै वर्ष हो ।”

चाडपर्वमा हुने बिदामा एकै दिन एउटा हात्तीले चार पटक पर्यटक घुमाउँदा पनि यहाँ आएका सबैले घुम्न नपाएका खतिवडाले बताए । पालो कुरेर पर्यटकले सफारी गरिरहेका उनको भनाइ छ । उहाँका अनुसार सहकारीअन्तर्गत २७ वटा हात्ती छन् ।

पछिल्लो समय हात्तीको सङ्ख्या घटेको बताउँदै सञ्चालन खतिवडाले सफारी गर्ने पर्यटक भने बढ्दै गएका जानकारी दिए । गत आर्थिक वर्षमा सरदर पर्यटक हात्ती चढेको सङ्ख्या एक दशमलव पाँच पटक भएको उनले जानकारी दिए । उनले भने, “समग्रमा सौराहा आउने पर्यटक बढेकाले हात्ती सफारी गर्नेको सङ्ख्या पनि बढेको हो ।”

क्षेत्रीय होटल सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष गुणराज थपलियाले करिब एक सातायता सौराहा विदेशी र आन्तरिक पर्यटकले भरिएको बताए । उनका अनुसार तिहारको लामो बिदा भएकाले आन्तरिक पर्यटकको सङ्ख्या पनि बढेको हो । उनले भने, “एक सातायता कोठा खोज्नेहरू सबैलाई पुर्याउन सकिएको छैन ।” सौराहाका अधिकांश होटल भरिएका उनले जानकारी दिए ।

चाडपर्वको बिदामा विदेशबाट नेपाल आएकाहरू परिवारसहित पर्यटकीय गन्तव्यमा धेरै घुम्न जाने भएकाले आगन्तुकको सङ्ख्या बढेको सङ्घका वरिष्ठ उपाध्यक्ष थपलियाले बताए । “योसँगै नेपालमा रहेकाहरू पनि पारिवारिक घुमफिर गर्न रुचाउँछन् । यतिबेला यहाँको वातावरण रमाइलो भएकाले पर्यटक घुम्न आउन रुचाउँछन् । सफारी पर्यटकका लागि नेपालको महत्त्वपूर्ण गन्तव्यका रूपमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती सामुदायिक वनलाई लिने गरिन्छ”, उनले भने ।

2