Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

भारतमा अमेजनको सात अर्ब डलर लगानी

भारतमा अमेजनको सात अर्ब डलर लगानी
A A+ A-

काठमाडौं । अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजनले भारतमा स्वच्छ ऊर्जा उत्पादन विस्तार गर्न सन् २०३० सम्ममा सात अर्ब अमेरिकी डलर ९करिब नौ खर्ब ८० अर्ब रुपैयाँ० लगानी गर्ने घोषणा गरेको छ । यस लगानीबाट भारतमा नवीकरणीय ऊर्जा उत्पादन बढाउनुका साथै कम्पनीका सञ्चालनमा प्रयोग हुने विद्युत्को कार्बन उत्सर्जन घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

भारतले सन् २०३० सम्म पाँच सय गिगावाट स्वच्छ ऊर्जा उत्पादन क्षमता पु¥याउने लक्ष्य राखेको छ । उक्त लक्ष्य हासिल गर्न सरकारले करिब दुई खर्ब २० अर्ब डलर लगानी गर्नुपर्ने अनुमान गरिएको छ ।

अमेजनले भारतमा यसअघि नै नवीकरणीय ऊर्जा क्षेत्रमा चार अर्ब डलरभन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाइसकेको छ । कम्पनीका अनुसार यसले अमेजनलाई भारतमा कार्बनमुक्त विद्युत्को प्रमुख कर्पोरेट खरिदकर्तामध्ये एक बनाएको छ ।

कम्पनीले आफ्नो विद्यमान लगानी कार्यक्रमअन्तर्गत संयुक्त रूपमा ९३४ मेगावाट विद्युत् उत्पादन क्षमता भएका चार नयाँ सौर्य तथा पवन ऊर्जा परियोजना पनि घोषणा गरेको छ ।

अमेजनकी प्रमुख स्थायित्व अधिकारी कारा हस्र्टले भारतमा नवीकरणीय ऊर्जा क्षेत्रमा गरिएको लगानी दीर्घकालीन योजना र उद्योग क्षेत्रसँगको सहकार्यको परिणाम भएको बताउनुभएको छ । थप सात अर्ब डलरको लगानीले नयाँ सौर्य तथा पवन ऊर्जा परियोजना सञ्चालनमा ल्याउन सहयोग पुग्ने उहाँको भनाइ छ ।

यद्यपि, कम्पनीले नयाँ लगानी कुन परियोजनामा र कसरी खर्च गर्ने भन्ने विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

कोइला र तेलमा निर्भर भारतले पछिल्लो एक दशकमा स्वच्छ ऊर्जाको विस्तारलाई तीव्रता दिएको छ । हाल भारतको कुल जडित विद्युत् उत्पादन क्षमताको ५४ प्रतिशतभन्दा बढी हिस्सा सौर्य, वायु तथा जलविद्युत्लगायत गैरजीवाश्म इन्धन स्रोतबाट प्राप्त हुने गरेको छ ।

बढ्दो विद्युत् माग पूरा गर्दै जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धता कार्यान्वयन गर्न भारतले नवीकरणीय ऊर्जा उत्पादन विस्तारलाई प्राथमिकता दिँदै आएको छ ।

अमेजनको पछिल्लो लगानी आफ्नो विश्वव्यापी सञ्चालन, विशेषगरी डाटा सेन्टर तथा अन्य सुविधामा खपत हुने विद्युत्को कार्बन उत्सर्जन घटाउने रणनीतिको पनि हिस्सा हो ।

2