Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

बाली भित्र्याए पनि भकारी जोगाउनै मुस्किल

बाली भित्र्याए पनि भकारी जोगाउनै मुस्किल
A A+ A-

झापा । झापाकाे उत्तरी क्षेत्रका किसान यतिबेला जङ्गली हात्तीको डरका कारण रातभर जाग्राम बस्न बाध्य छन् ।

भारतको पश्चिम बङ्गालतर्फबाट हुल बाँधेर आउने जङ्गली हात्तीले खेतबारीमा पाकेको अन्नबाली नष्ट गर्नुका साथै घरसमेत भत्काउन थालेपछि स्थानीयवासीको जिउधन असुरक्षित बन्दै गएको हाे ।

शुक्रबार राति अर्जुनधारा नगरपालिका–६ स्थित खेमकुमारी श्रेष्ठको मकैबारीमा पसेका दुईवटा जङ्गली हात्तीले बाली खाएर तथा कुल्चेर पूर्ण रूपमा नष्ट गरिदिएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासमा हात्तीलाई जङ्गलतर्फ लखेटिएको थियो । हात्तीको त्रासका कारण यतिबेला जिल्लाका अधिकांश स्थानमा किसानले खेतमा पाकेको बाली सुरक्षाकर्मीको पहरामा भित्र्याउनुपर्ने अवस्था छ ।

गत हप्ता मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका किसान लक्ष्मी घिमिरेको खेतको पाकेको धान हात्तीबाट जोगाउन सुरक्षाकर्मी र स्थानीयको सहयोगमा हतारहतार काटेर घर भित्र्याइयो । तर, घिमिरेको चिन्ता अझै हटेको छैन ।

“खेतबाट धान काटेर घर त ल्याइयो, तर भकारीमा थन्क्याएको अन्न कसरी जोगाउने भन्ने पिरलो छ”, घिमिरे दु:खेसो पोख्छन्, “हात्तीले खेतको मात्र होइन, घरकै भित्ता भत्काएर भित्र राखेको धानसमेत खाइदिन्छ । वर्षभरि के खाने भन्ने चिन्ताले सताएको छ ।”

मेचीनगर,अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकाका सयौँ किसान यतिबेला यस्तै त्रासमा बाँचिरहेका छन् । डिभिजन वन कार्यालयका निमित्त प्रमुख रामबरत यादवका अनुसार भारतको आसाम र पश्चिम बङ्गालको जङ्गल हुँदै मेची नदी तरेर नेपाल पस्ने हात्तीहरूको परम्परागत जैविक मार्ग (करिडोर) अवरुद्ध हुँदा समस्या जटिल बन्दै गएको हो ।

उनले मङ्सिर महिना धान पाँक्ने भएकाले खानाको खोजीमा हात्ती बस्ती पस्ने क्रम अधिक बढ्ने बताए । विशेषगरी बाहुनडाँगी क्षेत्रमा लगाइएको ‘सोलार फेन्सिङ’ (विद्युतीय तारबार) ठाउँ–ठाउँमा बिग्रनु र हात्तीले वैकल्पिक बाटो प्रयोग गर्नुले बस्तीमा क्षति बढेको निमित्त प्रमुख यादवको भनाइ छ ।

मेचीनगर नगरपालिका–४ का अध्यक्ष अर्जुन कार्कीले रातको समयमा गस्ती बढाउन ‘र्यापिड रेस्पोन्स टिम’ (द्रुत प्रतिकार टोली) परिचालन गरिए पनि हात्तीको सङ्ख्या ठूलो हुँदा नियन्त्रणमा कठिनाइ भइरहेको बताए ।

Nabil bank
पीडित किसानले बिग्रेका विद्युतीय तारबारको तत्काल मर्मत गर्न, सधैँभरि साइरन तथा उज्यालोको व्यवस्था मिलाउन र बालीनालीको उचित तथा छिटो क्षतिपूर्ति उपलब्ध गराउन तीनै तहका सरकारसँग माग गरेका छन् ।

2