काठमाडौं: नेपाल उद्योग परिसंघ (सीएनआई) र भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेबीच दुई देशको आर्थिक सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएको छ। सो छलफल आइतबार नयाँ दिल्लीमा सम्पन्न भएको हो।
प्रधानमन्त्री बालेन्द्र शाहको औपचारिक भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुगेको सीएनआईको प्रतिनिधिमण्डलले राजदूत पाण्डेसँग भेटवार्ता गरेको हो। भेटमा दुई देशबीचको आर्थिक तथा व्यावसायिक सम्बन्धलाई थप बलियो बनाउने उपायहरूबारे विचार आदानप्रदान भएको थियो।
छलफलमा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, पूर्व अध्यक्ष विष्णुकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी र उपाध्यक्ष राज बहादुर शाह सहभागी थिए।
