काठमाडौं: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा मंगलबार १५.३९ अंकको वृद्धि देखिएको छ। यस वृद्धिसँगै बजार २ हजार ६३८.९५ अंकमा पुगेको छ।
कारोबार रकममा पनि सुधार आएको छ। दिनभरिमा ५ अर्ब ५५ करोड ३० लाख रुपैयाँ बराबरको १ करोड ४६ लाख ७० हजार कित्ता शेयर किनबेच भएको छ।
बजारमा माइक्रोफाइनान्स र अन्य समूह बाहेकका ११ वटा उपसूचक धनात्मक रहेका छन्। दिनभरिको कारोबारमा १६५ कम्पनीको शेयरमूल्य बढेको छ भने १११ कम्पनीको मूल्यमा गिरावट आएको छ। सोल्टी होटलको शेयर सर्वाधिक ३२ करोड १७ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
