काठमाडौं: एनएमबि बैंक लिमिटेडले भिजा लिडरसिप कन्क्लेभमा दुईवटा अवार्ड प्राप्त गरेको छ। डिजिटल भुक्तानी र ग्राहकमुखी बैंकिङ सेवामा पुर्याएको योगदानको कदर गर्दै बैंकलाई एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन र एक्सिलेन्स इन कन्जुमर डेबिट कार्ड बिजनेस- प्रिन्सिपल क्लाइन्ट अवार्ड प्रदान गरिएको हो। बैंकले आफ्ना डिजिटल सेवाहरूलाई परिष्कृत गर्दै ग्राहकहरूको वित्तीय कारोबारलाई सरल, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्य राखेको जनाएको छ।
यो सम्मानले डिजिटल बैंकिङको क्षेत्रमा बैंकले गरेका नवीनतम पहल र प्रयासहरूलाई पुष्टि गरेको बैंकको भनाइ छ। बैंकले आफ्ना डेबिट कार्ड र आधुनिक डिजिटल बैंकिङ सेवाहरूमार्फत स्वदेश तथा विदेशमा सहज र सुरक्षित वित्तीय कारोबारको सुविधा प्रदान गर्दै आएको छ।
प्रविधिको उच्च प्रयोगमार्फत ग्राहक अनुभवलाई उत्कृष्ट बनाउनु आफ्नो मुख्य प्राथमिकता रहेको बैंकले उल्लेख गरेको छ। एनएमबि बैंकले हाल देशभर १९६ शाखा, १७६ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ।
