काठमाडौं: महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘सिताराम प्रसाई महालक्ष्मी जेहेनदार विद्यार्थी छात्रवृत्ति’ प्रदान गरेको छ। सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले स्वर्गीय सीताराम प्रसाईको स्मृतिमा यो छात्रवृत्ति स्थापना गरिएको हो।
बैंकका अनुसार झापाको मेचीनगर-१४ स्थित श्री सिताराम सामुदायिक अंग्रेजी विद्यालयमा अध्ययनरत छात्रा मुस्कान खातुनलाई ५० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको छ। विद्यालयमा आयोजित एक कार्यक्रममा बैंकका शाखा प्रबन्धकले विद्यालयका प्रधानाध्यापकमार्फत उक्त रकम हस्तान्तरण गरेका हुन्।
बैंकले यस्ता सामाजिक कार्यले आर्थिक अभावका कारण अध्ययनबाट वञ्चित हुनुपर्ने अवस्था हटाउन मद्दत पुग्ने विश्वास लिएको छ।
