Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

रुरुक्षेत्रमा अब महिनाभर ‘रुरु महास्नान’ आयोजना गरिने

रुरुक्षेत्रमा अब महिनाभर ‘रुरु महास्नान’ आयोजना गरिने
A A+ A-

काठमाडौं: गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल रुरुक्षेत्रस्थित रिडीमा हरेक वर्ष लाग्दै आएको पाँच दिने माघे सङ्क्रान्ति मेलालाई विस्तार गरी अब माघ महिनाभर ‘रुरु महास्नान’ सञ्चालन गरिने भएको छ। कालीगण्डकी नदीको धार्मिक महिमालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले रुरुक्षेत्र गाउँपालिकाले यो अवधारणा ल्याएको हो।

गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीका अनुसार आगामी माघ महिनाभर धार्मिक स्नान, पूजाआजा र तीर्थाटनका गतिविधि सञ्चालन गर्न तयारी तीव्र पारिएको छ। यसका लागि लुम्बिनी प्रदेश सरकारले पनि सक्रियता देखाएको छ। प्रदेशका वन, वातावरण तथा पर्यटनमन्त्री तुलसीप्रसाद चौधरीले महास्नानलाई व्यवस्थित बनाउन प्रदेश सरकारका सबै संयन्त्र परिचालन गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा नै माघ महिनालाई महास्नानका रूपमा मनाउने निर्णय गरिसकेको छ। यसबाट नेपालका चार धामलाई जोडेर धार्मिक तीर्थाटनको सम्बन्ध विस्तार गर्ने र रुरुक्षेत्रको महिमा उजागर गर्ने लक्ष्य राखिएको छ। साथै, कालीगण्डकी नदीमा पानीको उपलब्धता सुनिश्चित गर्न ऊर्जा मन्त्रालयसँग पनि छलफल भइरहेको अध्यक्ष ज्ञवालीले जानकारी दिनुभयो।

कालीगण्डकीमा पाइने शालिग्राम शिलालाई भगवान् विष्णुको प्रतीकका रूपमा पूजा गर्ने परम्पराले गर्दा यो क्षेत्र हिन्दू धर्मावलम्बीका लागि आस्थाको प्रमुख केन्द्र हो। स्थानीयवासी सुन्दर कसजुका अनुसार माघमा स्नान गर्दा धार्मिक पुण्य प्राप्त हुने विश्वास भएकाले महिनाभरको महास्नानले रुरुक्षेत्रलाई व्यवस्थित धार्मिक तीर्थाटनको केन्द्रका रूपमा विकास गर्न मद्दत पुग्नेछ।

गाउँपालिकाले यस अभियानबाट स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेको छ। तीर्थयात्रीको आगमन बढेसँगै होटल, यातायात, हस्तकला र पूजा सामग्रीको व्यापारमा वृद्धि हुने विश्वास लिइएको छ। रुरुक्षेत्रमा ऐतिहासिक ऋषिकेश मन्दिरसहित विभिन्न मठमन्दिर रहेका छन्। साथै, कालीगण्डकीमा निर्मित नेपालकै पहिलो तीनमुखे झोलुङ्गे पुलले पनि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै आएको छ। गाउँपालिकाले नदीको स्वच्छता कायम गर्दै धार्मिक सम्पदाको संरक्षण र पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ।

2