Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

अमेरिकामा मुद्रास्फीति बढ्दा ब्याजदर थप बढ्ने सम्भावना

अमेरिकामा मुद्रास्फीति बढ्दा ब्याजदर थप बढ्ने सम्भावना
A A+ A-

काठमाडौं: अमेरिकामा अक्टोबर महिनामा मुद्रास्फीति दर बढेर फेडरल रिजर्भको २ प्रतिशतको लक्ष्यभन्दा झन्डै दोब्बर पुगेको छ। यसले आगामी दिनमा ब्याजदर थप वृद्धि हुन सक्ने सम्भावना बढाएको छ। ब्युरो अफ इकोनोमिक एनालिसिसका अनुसार फेडले प्राथमिकता दिने व्यक्तिगत उपभोग खर्च मूल्य सूचकांकको वार्षिक वृद्धिदर अक्टोबरमा ३.८ प्रतिशत पुगेको छ। यो सेप्टेम्बरको तुलनामा ०.१ प्रतिशत विन्दुले बढी हो।

बजारले यसअघि नै ब्याजदर ०.२५ प्रतिशत विन्दुले वृद्धि हुने अपेक्षा गरिसकेको छ। यद्यपि मुद्रास्फीतिलाई २ प्रतिशतमा झार्न थप कति वृद्धि आवश्यक पर्छ भन्ने विषयमा अनिश्चितता कायम रहेको अर्थविज्ञहरूले बताएका छन्। सेन्टर फर इकोनोमिक एन्ड पोलिसी रिसर्चका सहसंस्थापक डिन बेकरका अनुसार मुद्रास्फीति निरन्तर बढिरहेकाले ब्याजदर वृद्धि हुने सम्भावना उच्च छ। उनले अमेरिकी भन्सार शुल्कमा सम्भावित वृद्धि र मध्यपूर्वको द्वन्द्वका कारण तेलको मूल्यमा देखिएको अनिश्चितताले थप मुद्रास्फीतिको दबाब सिर्जना गर्न सक्ने उल्लेख गरेका छन्।

ब्रुकिङ्स इन्स्टिच्युसनका वरिष्ठ अनुसन्धानकर्ता ड्यारेल वेस्टले उच्च ब्याजदरले आवास ऋण महँगो बनाउने र सर्वसाधारणको घर खरिद गर्ने क्षमतामा प्रभाव पार्ने बताएका छन्। हाल अमेरिकामा जीवनयापन खर्चको दबाब कायम छ भने मध्यपूर्वमा युद्ध सुरु भएयता पेट्रोलको मूल्यसमेत बढेको छ।

यसैबीच डेमोक्र्याटिक पार्टीले स्वास्थ्य सेवा खर्च घटाउने, न्यूनतम ज्याला बढाउने र इरानसँगको युद्ध अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ। तर विश्लेषकहरूका अनुसार यी प्रतिबद्धता कार्यान्वयन गर्न चुनौती देखिएको छ। सरकारी खर्च र मुद्रा आपूर्तिसँग सम्बन्धित दीर्घकालीन दबाब सम्बोधन नगरेसम्म मुद्रास्फीति नियन्त्रण गर्न कठिन हुन सक्ने उनीहरूको भनाइ छ।

2