Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
अ+ अ-

काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ५७ पैसा र बिक्रीदर १४२ रुपियाँ १७ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६६ रुपियाँ २४ पैसा र बिक्रीदर १६६ रुपियाँ ९४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपियाँ १७ पैसा र बिक्रीदर १९० रुपियाँ ९८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपियाँ ८७ पैसा र बिक्रीदर १७८ रुपियाँ ६३ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपियाँ २५ पैसा र बिक्रीदर ९३ रुपियाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ८९ पैसा र बिक्रीदर १०२ रुपियाँ ३२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ ८३ पैसा र बिक्रीदर ११० रुपियाँ २९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५१ पैसा र बिक्रीदर नौ रुपियाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ८७ पैसा र बिक्रीदर १९ रुपियाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ७५ पैसा र बिक्रीदर ३७ रुपियाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ८४ पैसा र बिक्रीदर ३९ रुपियाँ कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ४० पैसा र बिक्रीदर चार रुपियाँ ४२ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ५४ पैसा र बिक्रीदर ३८ रुपियाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ६२ पैसा र बिक्रीदर ३३ रुपियाँ ७७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०९ पैसा र बिक्रीदर १० रुपियाँ १३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ०५ पैसा र बिक्रीदर १५ रुपियाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ २७ पैसा र बिक्रीदर २२ रुपियाँ ३७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ २० पैसा र बिक्रीदर १८ रुपियाँ २८ पैसा, कुवेती दिनार एकको खरिददर ४६३ रुपियाँ ५१ पैसा र बिक्रीदर ४६५ रुपियाँ ४७ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपियाँ ४७ पैसा र बिक्रीदर ३७७ रुपियाँ ०६ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रुपियाँ ७० पैसा र बिक्रीदर ३६९ रुपियाँ २५ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

2