Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने विश्व बैङ्कको अनुमान

आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने विश्व बैङ्कको अनुमान
अ+ अ-

काठमाडौँ- चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने अनुमान गरिएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको अशान्ति र बढेको राजनीतिक तथा आर्थिक अनिश्चितका कारण आव (सन् २०२५/२६) मा आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने अनुमान विश्व बैङ्कले गरेको हो ।

दक्षिण एसियाको विकासको अद्यावधिक प्रतिवेदन ‘साउथ एसिया डिभलपमेन्ट अपडेट’ शीर्षकमा मङ्गलबार प्रकाशित प्रतिवेदनमा आर्थिक वृद्धिको सम्भावित घट्ने दायरा विद्यमान वृद्धिदरभन्दा १.५ देखि २.६ प्रतिशत हुने अनुमान गरिएको छ । आव २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत थियो ।

जेनजी आन्दोलनका क्रममा भएको अशान्तिका कारण अन्तर्राष्ट्रिय पर्यटक आगमनमा तीव्र गिरावट आउने र सम्पत्ति नोक्सानीले बिमा उद्योगलाई असर गर्ने अपेक्षा गरिएको प्रतिवेदनमा उल्लेख छ । लगानीकर्ताको कमजोर विश्वासले निजी लगानी र गैरजलविद्युत् निर्माणमा बाधा पु¥याउने प्रक्षेपण विश्व बैङ्कको छ ।

धान उत्पादन हुने मुख्य क्षेत्रमा ढिलो भएको वर्षाले कृषि क्षेत्रलाई बाधा पु¥याउने तर पुनर्निर्माण प्रयासले पुनर्लाभलाई समर्थन गर्ने र आव सन् २०२७/२८ मा गति लिने अपेक्षा गरिएको छ । सन् २०२६ मा भने नेपालको आर्थिक वृद्धि ४.७ प्रतिशत रहने प्रक्षेपण विश्व बैङ्कको छ । यो प्रतिवेदनले नेपालमा एक महिनाअघि भएको जेनजी आन्दोलनको क्षतिलाई ध्यानमा राख्दै यस्तो प्रक्षेपण गरेको हो ।

सरकारी र निजी क्षेत्रले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार सार्वजनिक सम्पत्तिमा एक खर्ब र सङ्गठित निजी क्षेत्रको सम्पत्तिमा ८० अर्ब रुपियाँ बराबरको क्षति पुगेको छ । यसका निजी क्षेत्रको क्षतिको दायित्व बिमा कम्पनीबाट हुने भए पनि सरकारी भौतिक सम्पत्तिको बिमा नभएका कारण क्षतिको सम्पूर्ण दायित्व सरकारको थाप्लामा परेको छ ।

बिमा कम्पनीमा परेको दाबीको पछिल्लो विवरण अनुसार निजी क्षेत्रबाट २३ अर्ब ३९ करोड रुपियाँ बिमा कम्पनीमा दाबी परेको छ । दाबी आउने क्रम जारी रहेकाले यसमा अरू रकम थपिने छ ।

बिमा कम्पनीले भुक्तानी गर्ने काम थालेका छन् । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिको २१ करोड ७४ लाख ४५ हजार ८३१ रुपियाँ दाबी भुक्तानी गरेको छ । उक्त कम्पनीले हालसम्म क्षतिपूर्ति दाबी गरिएका २८७ वटा दाबीमध्ये २४५ वटाका लागि उक्त रकम भुक्तानी गरेको जनाएको छ ।

विश्व बैङ्कको प्रतिवेदनमा जेनजी आन्दोलनसम्मको मूल्याङ्कनलाई आधार मानेर विवरण सार्वजनिक भए पनि त्यसको एक महिनापछि यही असोज १८ र १९ गतेको मुसलधारे वर्षाका भएको भौतिक तथा पूर्वाधारको क्षतिले आर्थिक वृद्धिको प्रक्षेपणलाई अरू तल झार्ने सम्भावना रहेको छ । बाढीपहिरोबाट भएको क्षतिको विवरण आइसकेको छैन ।

भुटान सबैभन्दा माथि

प्रतिवेदन अनुसार सन् २०२६ मा दक्षिण एसियाली देशमा भुटानको आर्थिक वद्धिदर सबैभन्दा बढी ७.३ प्रतिशत रहने छ । त्यसपछि भारतको ६.५ प्रतिशत, बङ्गलादेशको ४.८ प्रतिशत, माल्दिभ्स ३.९ प्रतिशत र श्रीलङ्काको ३.५ प्रतिशत रहने प्रक्षेपण छ । विश्व बैङ्कले यस प्रतिवेदनमा पाकिस्तानलाई समावेश गरेको छैन । प्रतिवेदनले नेपालमा जेनजी आन्दोलन जस्तै बङ्गलादेश र श्रीलङ्कामा भएका आन्दोलनको पनि विश्लेषण गरेको छ । प्रतिवेदनको मुख्य विषय भने रोजगारी, कृत्रिम बौद्धिकता र व्यापार रहेको छ ।

2