Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

तीन महिनामा पैँतिस अर्ब वैदेशिक लगानी प्रतिबद्धता

तीन महिनामा पैँतिस अर्ब वैदेशिक लगानी प्रतिबद्धता
अ+ अ-

काठमाडौँ-चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा ३५ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ ।

उद्योग विभागका अनुसार चालु आवको साउनदेखि असोजसम्म ३११ परियोजनामार्फत ३५ अर्ब १३ करोड ७७ लाख ६० हजार रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । असोजमा मात्र ५४ वटा परियोजनामार्फत चार अर्ब ९४ करोड ७३ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।

तीन महिनामा सात वटा ठुला, चार वटा मध्यम र तीन सय वटा साना उद्योगमा लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । सबैभन्दा धेरै साना उद्योगमा लगानी प्रतिबद्धता आउने गरेको छ ।

तीन महिनामा सबैभन्दा बढी पर्यटनमूलक क्षेत्रका १०३ उद्योगमा सबैभन्दा धेरै एक अर्ब ४६ करोड बराबरको लगानी प्रतिबद्धता आएको हो ।

यस्तै उत्पादनमूलक क्षेत्रका १५ उद्योगमा २१ करोड १० लाख, कृषिमूलक क्षेत्रका ११ उद्योगमा चार करोड र सेवामूलक क्षेत्रका १९ उद्योगमा १८ करोड १० लाख बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । सूचना प्रविधिमूलक क्षेत्रका १६२ वटा उद्योगका लागि १५ करोड ३७ लाख ३२ हजार बराबरको लगानी प्रतिबद्धता आएको छ ।

सुरुदेखि हालसम्म सात हजार ५५० वटा उद्योगमा छ खर्ब ८६ अर्ब ५५ करोड ९९ लाख रुपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको छ । नेपालमा लगानी गर्ने भनेर प्रतिबद्धता उच्च भए पनि सो अनुपातमा लगानी भित्रिन सकेको छैन । उद्योग विभागका अनुसार आव २०८१/८२ मा ६५ अर्ब लगानी प्रतिबद्धता आउँदा १२ अर्ब एक करोड रुपियाँ भित्रिएको थियो ।

2