Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
अ+ अ-

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ९३ पैसा र बिक्रीदर १४१ रुपियाँ ५३ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपियाँ २७ पैसा र बिक्रीदर १६४ रुपियाँ ९७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपियाँ ५४ पैसा र बिक्रीदर १८८ रुपियाँ ३४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपियाँ ३८ पैसा र बिक्रीदर १७८ रुपियाँ १४ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपियाँ ४० पैसा र बिक्रीदर ९२ रुपियाँ ७९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ६८ पैसा र बिक्रीदर १०१ रुपियाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ८२ पैसा र बिक्रीदर १०९ रुपियाँ २९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २७ पैसा र बिक्रीदर नौ रुपियाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ८५ पैसा र बिक्रीदर १९ रुपियाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ५८ पैसा र बिक्रीदर ३७ रुपियाँ ७४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ६६  पैसा र बिक्रीदर ३८ रुपियाँ ८३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३४ पैसा र बिक्रीदर चार रुपियाँ ३६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ३७ पैसा र बिक्रीदर ३८ रुपियाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ५७ पैसा र बिक्रीदर ३३ रुपियाँ ७२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ८१ पैसा र बिक्रीदर नौ रुपियाँ ८६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ०३ पैसा र बिक्रीदर १५ रुपियाँ ०९ पैसा  र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ९९ पैसा र बिक्रीदर २२ रुपियाँ ०९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ १४ पैसा र बिक्रीदर १८ रुपियाँ २२ पैसा, कुवेती दिनार एकको खरिददर ४५९ रुपियाँ ७० पैसा र बिक्रीदर ४६१ रुपियाँ ६६ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपियाँ ८४ पैसा र बिक्रीदर ३७५ रुपियाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३६६ रुपियाँ ०४ पैसा र बिक्रीदर ३६७ रुपियाँ ६० पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

2