Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

मौद्रिक तथा वित्तीय सहयोग सुदृढ गर्न जेटिसिसी प्रभावकारी

मौद्रिक तथा वित्तीय सहयोग सुदृढ गर्न जेटिसिसी प्रभावकारी
A A+ A-

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा विश्वनाथ पौडेलले मौद्रिक तथा वित्तीय क्षेत्रका अन्तरदेशीय सरोकारका विषयमा परिणाममुखी संवाद र तिनलाई प्राविधिक रूपमा समाधान गर्न नेपाल–भारत संयुक्त समन्वय संयन्त्र (जेटिसिसी) प्रभावकारी भएको बताउनुभएको छ ।

नेपाल राष्ट्र बैङ्क र भारतीय रिजर्भ बैङ्क (आरबिआई) को साझा समन्वयमा संयन्त्रको सोमबार काठमाडौँमा सम्पन्न नवौँ बैठकको उद्घाटन गर्दै गभर्नर पौडेलले मौद्रिक नीति, विदेशी विनिमय व्यवस्थापन, नियमन, सुपरिवेक्षण र भुक्तानी प्रणालीका उत्कृष्ट अभ्यासको आदानप्रदान, प्राविधिक क्षमता अभिवृद्धि र नीति तर्जुमाको प्रभावकारिताका सन्दर्भमा ‘जेटिसिसी’ महत्वपूर्ण मञ्चका रूपमा स्थापित भएको स्पष्ट पार्नुभयो । आगामी दिनमा उक्त मञ्चमार्फत दुई केन्द्रीय बैङ्कबिचको संस्थागत सम्बन्ध र प्राविधिक सहयोगको आदानप्रदान थप सघन बन्दै जाने विश्वाससमेत गभर्नर पौडेलले व्यक्त गर्नुभयो ।

भारतीय रिजर्भ बैङ्कका कार्यकारी निर्देशक एवं ‘जेटिसिसी’ का संयोजक अर्णवकुमार चौधरीले उक्त संयन्त्र स्थापना भएयता मुद्रा व्यवस्थापन, वैदेशिक व्यापार र भुक्तानी कारोबारको सहजीकरण, वित्तीय समावेशीकरणको प्रवर्धनका सन्दर्भमा फलदायी अभ्यास कार्यान्वयनमा आएको बताउनुभयो । ‘जेटिसिसी’ मार्फत दुई केन्द्रीय बैङ्कको पारस्परिक सहकार्य र समन्वय आगामी दिनमा थप सबल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

बैठकमा गभर्नरको कार्यालयका कार्यकारी निर्देशक एवं राष्ट्र बैङ्कका तर्फबाट ‘जेटिसिसी’ संयोजक राजनविक्रम थापाले स्वागत मन्तव्यमा दुईपक्षीय हित प्रवर्धनका निम्ति उक्त संयन्त्रलाई आगामी दिनमा सार्थक र परिणाममुखी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

बैठकको दोस्रो सत्रमा दुवै केन्द्रीय बैङ्कका ‘जेटिसिसी’ सम्बद्ध अधिकारीबिच द्विपक्षीय सरोकारका विभिन्न एजेन्डामा छलफल भएको थियो । सो अवसरमा नेपाल र भारतबिच अन्तरदेशीय विद्युतीय भुक्तानी कारोबारको सहजीकरण र अन्य समसामयिक विषयमा छलफल भएको थियो ।

यसै गरी मौद्रिक नीति, तरलता व्यवस्थापन, विदेशी विनिमय व्यवस्थापनलगायतका विषयमा आरबिआईले गरेका असल नीतिगत अभ्यासलाई अवलम्बन गर्न सकिने सम्भावनाबारे छलफल भएको थियो ।

कार्यक्रममा ‘जेटिसिसी’ को आठौँ बैठकमा छलफल भएका एजेन्डाको कार्यान्वयनको स्थितिबारे समीक्षा गरिएको थियो । बैठकमा राष्ट्र बैङ्कका तर्फबाट डेपुटी गभर्नर बमबहादुर मिश्र, कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल, विश्रुत थापा, गुरुप्रसाद पौडेल, किरण पण्डित, डा. रामशरण खरेल, डा. डिल्लीराम पोख्रेल, निश्चल अधिकारीलगायतको सहभागिता थियो ।

यस्तै आरबिआईका तर्फबाट कार्यकारी निर्देशक चौधरीसँगै महाप्रबन्धकद्वय लथा राधाकृष्णन तथा शाश्वतकुमार महापात्र र प्रबन्धक अपर्णा वकिलको सहभागिता थियो ।

बैठकपश्चात् कार्यकारी निर्देशक चौधरी र महाप्रबन्धक महापात्रले क्रमशः भारतीय अर्थतन्त्रको समष्टिगत स्थिति र भारतमा भुक्तानी प्रणालीको विकासक्रमका विषयमा प्रस्तुति दिनुभएको थियो ।

बैङ्किङ तथा वित्तीय प्रणालीका द्विपक्षीय सरोकारका विषयमा सहकार्य र समन्वय गर्ने तथा विभिन्न विषयमा रहेका समस्यालाई सुल्झाउनका निम्ति यस्तो समन्वयात्मक संयन्त्र तयार गर्ने क्रममा सन २०१६ मे १३ मा नेपाल–भारत संयुक्त समन्वय संयन्त्र (जेटिसिसी) को गठन भएको थियो ।

2