Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

ग्लोबल आइएमई बैङ्कले आठ प्रतिशत नगद लाभांश दिने

ग्लोबल आइएमई बैङ्कले आठ प्रतिशत नगद लाभांश दिने
A A+ A-

काठमाडौँ- ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्ना सेयरधनीलाई करसहित आठ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ । उक्त बैङ्कको बुधबार काठमाडौँमा सम्पन्न १९ औँ वार्षिक साधारण सभाले सोसम्बन्धी प्रस्ताव पारित गरेको हो ।

सभाले सञ्चालक समितिका तर्फबाट बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैङ्कले आर्थिक वर्ष २०८१/८२ मा सात अर्ब २३ करोड रुपियाँ सञ्चालन मुनाफा तथा पाँच अर्ब सात करोड रुपियाँ करपछिको मुनाफा आर्जन गरेको जनाइएको छ । साधारण सभामा मन्तव्य व्यक्त गर्दै अध्यक्ष ढकालले बैङ्कले नेपाल सरकार र नेपाल राष्ट्र बैङ्कको नीति, नियमको पूर्ण परिपालना गर्दै सेयरधनीलाई उचित लाभांश प्रदान गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

साथै, बैङ्कले आफ्नो व्यावसायिक रणनीति अन्तर्गत नयाँ व्यावसायिक क्षेत्रको सन्तुलित विस्तार गर्दै जाने योजना रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

ग्लोबल आइएमई बैङ्क ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट फरक फरक विधामा सम्मानित भएको छ । उक्त बैङ्कले बैङ्क अफ दी इयर २०१४, बेस्ट इन्टरनेट बैङ्क २०१६, बेस्ट बैङ्क नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैङ्क इएसजी नेपाल २०२४, बेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ । ग्लोबल आइएमई बैङ्क देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो ।

बैङ्कका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैङ्किङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

बैङ्कले रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको जनाइएको छ ।

2