Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व २९.२३ प्रतिशतले बढ्यो

नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व २९.२३ प्रतिशतले बढ्यो
A A+ A-

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व अघिल्लो वर्षको तुलनामा २९.२३ प्रतिशतले बढेर २६ खर्ब ७१ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैङ्कले अर्थमन्त्री रामेश्वर खनालसमक्ष पेस गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अनुसार राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व गत वर्ष असार मसान्तको तुलनामा २९.२३ प्रतिशतले वृद्धि भई यो वर्षको असार मसान्तमा २६ खर्ब ७१ अर्ब २३ करोड ९५ लाख ४० हजार पुगेको हो । राष्ट्र बैङ्कका गभर्नर प्राडा विश्वनाथ पौडेलले उक्त प्रतिवेदन अर्थमन्त्री खनालसमक्ष पेस गर्नुभएको हो ।

प्रतिवेदन अनुसार आव २०८१/८२ को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनः मूल्याङ्कन लाभहानि समायोजनअघिको खुद आय अघिल्लो वर्षको तुलनामा ९.११ प्रतिशतले वृद्धि भई ८० अर्ब ४८ करोड २६ लाख ५० हजार रुपियाँ कायम भएको छ । गत असार मसान्तमा कायम कुल सम्पत्तिमा लगानीको अंश ८८.९२ प्रतिशत, नगद तथा बैङ्क मौज्दात सम्पत्तिको अंश ७.३२ प्रतिशत र बाँकी अन्य सम्पत्तिको अंश ३.७६ प्रतिशत छ । गत वर्षको असार मसान्तमा उक्त सम्पत्तिको अंश क्रमशः ८९.२३ प्रतिशत, ६.३७ प्रतिशत र ४.४१ प्रतिशत थियो ।

राष्ट्र बैङ्कले विभिन्न उपकरणमा गरेको लगानी २०८१ असार मसान्तको तुलनामा २८.७९ प्रतिशतले बढेर २३ खर्ब ७५ अर्ब २६ करोड दुई लाख ९२ हजार रुपियाँ पुगेको छ । गत वर्षको असार मसान्तमा उक्त लगानी १८ खर्ब ४४ अर्ब ३० करोड ३८ लाख ३५ हजार रुपियाँ थियो ।

राष्ट्र बैङ्कको नगद तथा बैङ्क मौज्दात सम्पत्ति २०८१ असार मसान्तको तुलनामा ४८.५१ प्रतिशतले बढेर समीक्षा अवधिमा एक खर्ब ९५ अर्ब ५३ करोड १० लाख १० हजार रुपियाँ पुगेको छ । गत वर्षको असार मसान्तमा नगद तथा नगद सरहको सम्पत्ति एक खर्ब ३१ अर्ब ६६ करोड ४५ लाख २२ हजार रुपियाँ थियो ।

गत असार मसान्तको कुल दायित्व तथा इक्विटीमा दायित्वको अंश ७४.६९ प्रतिशत र इक्विटीको अंश २५.३१ प्रतिशत छ, जुन गत वर्षको असार मसान्तमा क्रमशः ७३.४५ प्रतिशत र २६.५५ प्रतिशत थियो । गत असार मसान्तमा कायम कुल दायित्वमा चलनचल्तीमा रहेको नोटको अंश ३७.६० प्रतिशत, बैङ्क तथा वित्तीय संस्थाको स्वदेशी तथा विदेशी मुद्रामा रहेको निक्षेप दायित्वको अंश ५२.७९ प्रतिशत, नेपाल सरकारको निक्षेप दायित्वको अंश ३.५५ प्रतिशत र बाँकी अन्य दायित्वको अंश ६.०७ प्रतिशत रहेको छ ।

गत असार मसान्तमा उक्त दायित्वको अंश क्रमशः ४४.७९ प्रतिशत, ४३.४१ प्रतिशत, ४.२१ प्रतिशत र ७.५९ प्रतिशत थियो ।

गत वर्षको असार मसान्तको तुलनामा चलनचल्तीमा रहेको नोट १०.३० प्रतिशतले बढेर समीक्षा अवधिमा सात खर्ब ५० अर्ब ११ करोड २४ लाख २२ हजार रुपियाँ पुगेको छ । जुन गत वर्षको असार मसान्तमा छ खर्ब ८० अर्ब चार करोड ८८ लाख तीन हजार रुपियाँ थियो ।

बैङ्क तथा वित्तीय संस्थाको राष्ट्र बैङ्कमा स्वदेशी तथा विदेशी मुद्रामा रहेको निक्षेप गत वर्षको असार मसान्तको तुलनामा ५९.८१ प्रतिशतले वृद्धि भई २०८२ असार मसान्तमा १० खर्ब ५३ अर्ब १७ करोड ९१ लाख ४० हजार पुगेको छ ।

गत वर्षको असार मसान्तमा त्यस्तो निक्षेप दायित्व छ खर्ब ५९ अर्ब तीन करोड ७१ लाख २४ हजार रहेको थियो ।

2