Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

रेमिट्यान्सको ऐतिहासिक उचाइसँगै अर्थतन्त्र सुदृढ बन्दै

रेमिट्यान्सको ऐतिहासिक उचाइसँगै अर्थतन्त्र सुदृढ बन्दै
अ+ अ-

काठमाडौँ- नेपालमा रेमिट्यान्स आप्रवाह अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामै आठ खर्ब ७० अर्ब रुपियाँ रेमिट्यान्स भित्रिएको छ । रेमिट्यान्स आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भएको छ । मङ्सिर महिनामा मात्रै एक खर्ब ८३ अर्ब १८ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ ।

गत आवको सोही अवधिमा रेमिट्यान्स वृद्धिदर ४.७ प्रतिशत मात्र रहेको थियो । गत वर्षको सोही महिनामा यो रकम एक खर्ब १८ अर्ब ७९ करोड रुपियाँ थियो । एक वर्षमै करिब ५४ अर्ब रुपियाँले मासिक रेमिट्यान्स बढेको छ ।

रेमिट्यान्सको तीव्र वृद्धिले विदेशी मुद्रा सञ्चिति सुदृढ, बैङ्किङ प्रणालीमा तरलता सहज र आयात भुक्तानी क्षमता मजबुत बन्दा अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको छ ।

नेपाल राष्ट्र बैङ्कले शुक्रबार सार्वजनिक गरेको चालु आव २०८२/८३ को पाँच महिना (२०८२ मङ्सिरसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब एक अर्ब ४७ करोड रुपियाँ रहेको छ ।

अमेरिकी डलरमा उक्त सञ्चिति २२ अर्ब १३ करोड पुगेको छ । यस्तो सञ्चिति १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।

समीक्षा अवधिमा चालु खाता तीन खर्ब ५८ अर्ब ८३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ५८ अर्ब ४५ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब १८ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा दुई अर्ब ५४ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर सात अर्ब छ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ती अर्ब ५० करोड रहेको थियो ।

यसै गरी समीक्षा अवधिमा सात अर्ब ४७ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) छ अर्ब तीन करोड रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति चार खर्ब २१ अर्ब ८९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब २५ अर्ब ३४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ६८ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब ९८ करोडले बचतमा रहेको छ ।

निर्यात ५८.२ प्रतिशतले र आयात १५.८ प्रतिशतले बढेको छ । नेपाल सरकारको खर्च पाँच खर्ब ६४ अर्ब ४६ करोड र राजस्व परिचालन चार खर्ब छ अर्ब ३० करोड रहेको छ । यस्तै विस्तृत मुद्राप्रदाय ३.७ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.९ प्रतिशतले बढेको छ । बैङ्क तथा वित्तीय संस्थाको निक्षेप परिचालन ३.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा १.९ प्रतिशतले बढेको छ ।

वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.६ प्रतिशत रहेको छ । बैङ्क तथा वित्तीय संस्थाबिचको भारित औसत अन्तरबैङ्क दर २.७४ प्रतिशत र ९१ दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३७ प्रतिशत रहेको छ ।

वाणिज्य बैङ्कहरूको निक्षेपको भारित औसत ब्याजदर ३.६६ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७.२६ प्रतिशत रहेको छ । वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति १.६३ प्रतिशत रहेको छ ।

2