Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

दुर्गममा राष्ट्रिय वाणिज्य बैंकको सेवा सुरु

दुर्गममा राष्ट्रिय वाणिज्य बैंकको सेवा सुरु
अ+ अ-

रुकुमपश्चिम- रुकुमपश्चिममा भौगोलिक रुपले ठुलो र दुर्गम मानिएको आठबिसकोटमा राष्ट्रिय वाणिज्य बैंकले सेवा सञ्चालन गरेको छ । बैंकको ३१२ औँ शाखा कार्यालय स्थापना गरेर सोमबारबाटै सेवा सुरु गरेको बैंकले जनाएको छ ।

आठबिसकोट नगरपालिका –९ को राडीबजारमा स्थापना भएको शाखाबाट सबै प्रकारका सेवाहरु प्रदान हुने बैंकका मुसीकोट शाखा प्रमुख हेमन्तराज न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार खाता खोल्ने, रकम निकाल्ने, जम्मा गर्नेदेखि चेक क्लियरिङ, पेन्सन, सामाजिक सुरक्षा भत्ता, राजस्व, इबैंकिङ्, सरकारी कारोबार, रेमिटेन्स, ऋण लगानी लगायतका सेवाहरु शाखाबाट प्रवाह हुनेछन् ।

२०२२ साल माघ १० गते स्थापना भएको यो बैंक सरकारको पूर्ण स्वामित्वमा रहेको एक मात्र बैंक हो । देशका ७७ वटै जिल्लामा सेवा दिइरहेको यस बैंकले रुकुमपश्चिमको चौरजहारी र मुसीकोटमा शाखा कार्यालय र सोलाबाङमा एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ ।

दुर्गम मानिएको स्थानमै राष्ट्रिय वाणिज्य बैंकको कारोबार सेवा सुरु भएपछि यहाँका स्थानीय खुशी भएका छन् । आठबिसकोट नगरप्रमुख रवि केसीले अबदेखि यहाँका नागरिकले सहज रुपमा बैंङ्किङ सेवा पाउने विश्वास व्यक्त गर्नुभयो । सरकारी बैंकमा हुने कारोबारका लागि जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता हटेर गएको उहाँको भनाइ छ ।

भौगोलिक र जनसङ्ख्याको हिसाबले जिल्लाको ठुलो नगरपालिकामा दुई वर्षको लगातारको माग तथा पहलकदमीपछि राष्ट्रिय वाणिज्य बैंकले शाखा कार्यालयमार्फत सेवा सुचारु गरेको उहाँले उल्लेख गर्नुभयो । नगर प्रमुख केसीले पालिकाको दुर्गममा रहेका वडाहरु १, २, ३, ४, ५ र ६ को लागि अलग अलग दुई वटा काउन्टरको समेत माग गरेको बताउनुभयो । ती वडाहरुबाट पालिकाको केन्द्रमा सेवा लिन आउनलाई दुई दिन लाग्ने गर्दछ । यसअघि राडी बजारमा प्रभु, एनएमबी लगायतका अन्य बैंकले सेवा सञ्चालन गरेका छन् । तर बैंकमा हुने भिडभाडका कारण दिनभर लाइनमा बस्नुपर्ने बाध्यतामा स्थानीय छन् ।

2