Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

पैसा थुप्रिँदा फेरि घट्यो ब्याजदर

पैसा थुप्रिँदा फेरि घट्यो ब्याजदर
A A+ A-

काठमाडौँ- चुलिँदै गएको तरलता र कर्जा प्रवाह कमजोर रहँदा वाणिज्य बैङ्कहरूले माघका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् । माघ १ गतेदेखि लागु हुने गरी सार्वजनिक गरिएको ब्याजदर सूची अनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैङ्कहरुमध्ये ११ बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । सात बैङ्कले यथावत् राखेका छन् भने प्राइम कमर्सियल बैङ्कले ब्याजदर बढाएको छ ।

पुसमा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४.८३ प्रतिशत रहेकोमा माघमा घटेर ४.६८४५ प्रतिशत पुगेको छ । सो अवधिमा औसतमा ०.१५ प्रतिशत विन्दुले गिरावट आएको हो ।

माघमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याज ग्लोबल आइएमई बैङ्कले ५.५ प्रतिशत दिने भएको छ भने सबैभन्दा कम ब्याज स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले ४.३६ प्रतिशत निर्धारण गरेको छ ।

ब्याजदर घटाउने बैङ्कहरूमा कृषि विकास, एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ«े, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा, हिमालयन, नेपाल एसबिआई र सिटिजन्स बैङ्क रहेका छन् ।

यस्तै पुसकै ब्याजदर स्थिर राख्ने बैङ्कहरूमा नेपाल बैङ्क, एनआइसी एसिया, प्रभु, राष्ट्रिय वाणिज्य, नबिल, ग्लोबल आइएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी बैङ्क छन् ।

प्राइम कमर्सियल बैङ्कले पुसको ४.२५ प्रतिशतबाट बढाएर ४.४ प्रतिशत पु-याएको छ ।

अहिले बैङ्किङ प्रणालीमा ११ खर्ब रुपियाँभन्दा बढी कर्जा लगानीयोग्य रकम थुप्रिएको छ । कर्जा माग कमजोर भएपछि बैङ्कले आफ्नो अतिरिक्त रकम २.६७ देखि तीन प्रतिशत ब्याजदरमा राष्ट्र बैङ्कमा राखिरहेका छन् ।

राष्ट्र बैङ्कले पछिल्लो समय विभिन्न किसिमका मौद्रिक उपकरण प्रयोग गरी बैङ्किङ प्रणालीबाट तरलता खिच्दै आएको छ । हालसम्म यसरी राष्ट्र बैङ्कमा राखिएको रकम नौ खर्ब रुपियाँ नजिक पुगेको छ ।

2