Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

घटाइयो निष्क्रिय कर्जा स्तरोन्नति हुने अवधि

घटाइयो निष्क्रिय कर्जा स्तरोन्नति हुने अवधि
A A+ A-

काठमाडौँ- बैङ्क तथा वित्तीय संस्थाको निष्क्रिय कर्जाको स्तरोन्नति हुने अवधि घटेको छ । अब बैङ्क तथा वित्तीय संस्थाले निष्क्रिय कर्जामा वर्गीकृत कर्जाको भाखा नाघेको सम्पूर्ण बक्यौता रकम भुक्तानी भई नियमित भएपछि तीन महिनापछि नै त्यस्तो कर्जा असल वर्गमा स्तरोन्नति गर्न पाउने भएका छन् ।

भाखा नाघेको बक्यौता रकम भुक्तानी भएपछि त्यस्तो कर्जालाई छ महिनासम्म सूक्ष्म निगरानीमा राख्नुपर्ने र त्यसपछि मात्र असल वर्गमा स्तरोन्नति गर्न पाइने यसअघिको व्यवस्थालाई हटाइएको छ ।

बैङ्क तथा वित्तीय संस्थाका लागि शुक्रबार एकीकृत निर्देशन संशोधन गर्दै नेपाल राष्ट्र बैङ्कले यस्तो व्यवस्था गरेको हो ।

नयाँ निर्देशन अनुसार कमसल, शङ्कास्पद तथा खराब कर्जामा वर्गीकृत कर्जालाई भाखा नाघेको सम्पूर्ण बक्यौता रकम भुक्तानी भई नियमित असुली भएको तीन महिनासम्म सोही वर्गमै राखी सोही अनुसार कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने भएको छ ।

तीन महिनाको अवधि पूरा भएपछि त्यस्तो कर्जा स्तरोन्नति हुने व्यवस्था गरिएको राष्ट्र बैङ्कले जनाएको छ ।

साथै आर्थिक वर्ष २०८२/८३ मा वाणिज्य बैङ्कले काउन्टर साइक्लिकल बफरबापत कायम गर्नुपर्ने कर्जा नोक्सानी शून्य प्रतिशत रहने व्यवस्था पनि गरेको राष्ट्र बैङ्कले जारी गरेको निर्देशनमा छ ।

लघुवित्त कोष सहयोगमै खर्च गर्नुपर्ने

लघुवित्तका लागि छुट्टै निर्देशन जारी गर्दै राष्ट्र बैङ्कले कोषको रकम दैवीप्रकोप÷दुर्घटनामा परेका ग्राहकको परिवार, ग्राहकको शिक्षा र क्षमता विकास एवं ग्राहकका सन्तानको विद्यालयस्तरको शिक्षा, स्वास्थ्य तथा पोषणसम्बन्धी कार्यक्रममा मात्र खर्च गर्नुपर्ने व्यवस्था गरेको हो ।

यस्तै सर्वसाधारणबाट निक्षेप परिचालन नगर्ने लघुवित्तले अघिल्लो महिनाको कुल बचत दायित्वको २.५ प्रतिशत तरल सम्पत्तिको व्यवस्था गर्नुपर्ने राष्ट्र बैङ्कले जनाएको छ ।

2