Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

मनोहराको सुकुम्बासी बस्ती भत्काइयो (फोटो फिचर)

मनोहराको सुकुम्बासी बस्ती भत्काइयो (फोटो फिचर)
अ+ अ-

भक्तपुर- मनोहरास्थित सुकुम्बासी बस्तीमा आइतबार सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा डोजर चलाइएको छ । अधिकार क्षेत्र मिचेर बनाइएका संरचना हटाउने भन्दै प्रशासनले सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरी बस्तीमा कारबाही गरेको हो ।

बस्ती भत्काउनका लागि ठुला डोजर (जेसीबी) तैनाथ गरिएको छ । केही स्थानीय बासिन्दाहरू आफैँले आफ्ना छाप्रा तथा बाँसका संरचनाहरू भत्काउँदै गरेको दृश्यले पीडितहरूको पीडा झल्काउँछ ।

आफ्नो बसोबास खोसिएपछि उनीहरू घरायसी सामानहरू बटुलेर ट्रकमा लोड गर्दै सुरक्षित स्थानतर्फ सर्न बाध्य देखिएका छन् । सुरक्षा व्यवस्थालाई कडाइ गरिएको छ र सुरक्षाकर्मीहरू पूर्ण तयारीसहित तैनाथ छन् । डोजरको प्रयोग र सुरक्षा निकायको बाक्लो उपस्थितिका कारण सो क्षेत्रमा तनावको स्थिति सिर्जना भएको छ ।

2