Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सामाजिक सुरक्षा भत्ता व्यवस्थित गर्न ‘सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ’ अभियान सञ्चालन गरिने

सामाजिक सुरक्षा भत्ता व्यवस्थित गर्न ‘सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ’ अभियान सञ्चालन गरिने
अ+ अ-

काठमाडौँ- सरकारले सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित बनाउन र लक्षित वर्गसम्म पुर्‍याउन ‘सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ’ अभियान सञ्चालन गर्ने भएको छ ।

शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रूपमा त्याग्न आग्रह गर्दै ‘सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ’ राष्ट्रिय अभियान सञ्चालन गर्ने बताउनुभयो । त्यस्तो योगदानलाई अन्तरपुस्ता न्याय र राष्ट्रिय ऐक्यबद्धताको उदाहरणका रूपमा सम्मान गरिने उहाँको भनाइ छ ।

यसैगरी अर्थमन्त्री डा. वाग्लेले देशभरका दलित बालबालिकालाई उपलब्ध गराइँदै आएको बालपोषण भत्तालाई दोब्बर गरी मासिक एक हजार रुपियाँ पुर्‍याइएको घोषणा गर्नुभयो । उच्च गरिबी भएका र मानव सूचकाङ्कमा पछाडि परेका मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका २५ जिल्लाका बालबालिकाले पाउँदै आएको पोषण भत्तालाई समेत निरन्तरता दिइएको उहाँले जानकारी दिनुभयो ।

2