Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

बजेटमा संरचनागत सुधारका प्रयास सकारात्मक छन् : सभापति थापा

बजेटमा संरचनागत सुधारका प्रयास सकारात्मक छन् : सभापति थापा
A A+ A-

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बजेटमा कांग्रेसले लामो समयदेखि उठाउँदै आएका संरचनागत सुधारका कतिपय विषय समेटिनु सकारात्मक भएको बताउनुभएको छ। उहाँले ती सकारात्मक नीति र कार्यक्रमका लागि आवश्यक कानुन निर्माण गर्न प्रतिपक्षको हैसियतले कांग्रेसले सहयोग गर्ने स्पष्ट पार्नुभयो ।

शनिबार नेपाल थारु संघको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै सभापित थापाले भन्नुभयो, “हिजो मात्र बजेट आयो । अब हामी प्रतिपक्षमा छौँ । हाम्रो जिम्मेवारी छ नि त हामीले देश र जनतालाई बताउनुपर्छ । हामीले के देख्यौँ कि लामो समयदेखि नेपाली काँग्रेस पार्टीले नेपालको अर्थतन्त्रमा केही संरचनागत सुधार गर्नुपर्छ भन्ने कुराको पैरवी गर्दै आएको थियो । काँग्रेसभित्र पनि हामीहरू जो अहिले जिम्मेवारीमा छौँ हामीहरूले त त्यसका निम्ति पहलकदमी नै गर्दै आएका थियौँ । त्यसैले हिजो नेपाल सरकारले ल्याएको भर्खर निर्वाचित भएको सरकारले ल्याएको बजेटमा संरचनागत सुधारका लागि थुप्रै सकारात्मक कुरालाई अगाडि सारेको छ । थुप्रै नीतिगत कुरामा सुधारका लागि अगाडि सारेको छ । यी कुरालाई हामीले स्वागत पनि गर्नुपर्छ । आवश्यक परेको ठाउँमा भोलि यसका लागि चाहिने कानुन निर्माण गर्नुपर्ने छ यसमा हामीले मद्दत पनि गर्नुपर्छ ।”

आर्थिक मन्दी र बढ्दो महँगीका कारण न्यून आय भएका नागरिकको जनजीवन कष्टकर बनिरहेका बेला सरकार उनीहरूप्रति उदासीन बनेको आरोप भने उहाँले लगाउनुभएको छ । उहाँले नयाँ करका दरहरूले निम्न वर्गको भान्सा, शिक्षा र स्वास्थ्य उपचारलाई थप खर्चिलो बनाएको उल्लेख गर्नुभयो । सरकारका कतिपय निर्णयको सामाजिक सञ्जालमा सस्तो प्रशंसा भइरहे पनि प्रतिपक्षको धर्म लोकप्रियताको पछि बहकिने नभई राज्यको ढुकुटी र नीतिमा समाजका सबै वर्गको पहुँच सुनिश्चित गराउनु रहेको उहाँले बताउनुभयो ।

संसद् र सडकमा प्रतिपक्षको भूमिकाबारे चर्चा गर्दै उहाँले भन्नुभयो, “जब सरकारले संविधान र कानुनको उल्लंघन गर्छ वा राज्यका स्रोत–साधन कुनै निश्चित वर्गको हितमा मात्र प्रयोग गर्छ, तब निम्न वर्गका नागरिकको अधिकार रक्षाका लागि कांग्रेस दृढतापूर्वक उभिन्छ । प्रतिपक्षी भूमिका निर्वाह गर्न नैतिक साहस र नागरिकको भरोसा आवश्यक पर्दछ ।”

यसैगरी, सभापित थापाले पार्टीका भ्रातृ संगठनहरूलाई आन्तरिक विवाद र माथिल्लो तहको राजनीतिक गन्थन छोडेर तत्काल जनताको माझमा जान निर्देशन दिनुभयो । थारु संघ, विद्यार्थी संगठन, महिला र दलित संघजस्ता संस्थाले आ–आफ्नो समुदायको हकहितका लागि गाउँ–गाउँ पुगेर नागरिकको सुखदुःखमा साथ दिनुपर्ने र पार्टीलाई जगैदेखि बलियो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

2