काठमाडौँ- स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा दुई हजारले बढेको छ ।
सोमबार प्रतितोला दुई लाख ९९ हजार ९०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने तीन लाख एक हजार ९०० निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा २० ले बढेको छ । सोमबार प्रतितोला चार हजार ९०५ मा कारोबार भएको चाँदी आजका लागि भने चार हजार ९२५ निर्धारण भएको छ ।