Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

शुक्लागण्डकीको बजेट एक अर्ब १३ करोडभन्दा बढी

शुक्लागण्डकीको बजेट एक अर्ब १३ करोडभन्दा बढी
A A+ A-

तनहुँ- तनहुँको शुक्लागण्डकी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि एक अर्ब १३ करोड ५४ लाख ४९ हजार रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। नगरपालिकाले विकास निर्माण, सामाजिक क्षेत्र र सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको जनाएको छ।

नगरपालिकाको १९ औँ नगर अधिवेशन तथा नगर सभामा सोमबार उपप्रमुख खुमबहादुर विकले उक्त बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटअनुसार पूर्वाधार विकासतर्फ तीन करोड ५१ लाख ७८ हजार रुपियाँ, सामाजिक विकासतर्फ तीन करोड ४२ लाख ५२ हजार रुपियाँ र आर्थिक विकासतर्फ ९२ लाख ५७ हजार रुपियाँ विनियोजन गरिएको छ।

यस्तै, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ९२ लाख ५७ हजार रुपियाँ, सुशासन तथा संस्थागत विकासतर्फ ४६ लाख २८ हजार रुपियाँ तथा चालु प्रशासनिक खर्चतर्फ १६ करोड रुपियाँ छुट्याइएको छ । अनिवार्य दायित्व भुक्तानीका लागि १० करोड रुपियाँ, राजस्व फिर्तातर्फ एक करोड रुपियाँ, जनसहभागितातर्फ एक करोड ५० लाख रुपियाँ तथा वडागत सिलिङका लागि नौ करोड २५ लाख चार हजार रुपियाँ विनियोजन गरिएको छ।

नगरसभाले आर्थिक विधेयक, २०८३ तथा शुक्लागण्डकी नगरपालिकाको सार्वजनिक खरिद नियमावली, २०७६ (संशोधन २०८३) समेत प्रस्तुत गरी सोमबार पारित गरेको छ । १९ औँ नगर अधिवेशन आगामी असार २६ गते सम्पन्न गरिने कार्यक्रम रहेको छ।

नगर प्रमुख कृष्णराज पण्डितले सीमित स्रोत–साधनकाबिच नागरिकको आवश्यकता र नगरको दीर्घकालीन विकासलाई केन्द्रमा राखेर बजेट निर्माण गरिएको बताउनुभयो । उहाँले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखी समृद्ध शुक्लागण्डकी निर्माणतर्फ बजेट केन्द्रित गरिएको उल्लेख गर्नुभयो ।

नगर प्रमुख पण्डितले जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाबिचको सहकार्यबाट बजेटमा समेटिएका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिने विश्वास व्यक्त गर्नुभयो।

2