Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

पोखरा–दुबई उडानको बुकिङ २०२७ सम्म खुला

पोखरा–दुबई उडानको बुकिङ २०२७ सम्म खुला
A A+ A-

कास्की- पोखराबाट दुबई उडान गर्ने घोषणा गरेको फ्लाइ दुबईले सन् २०२७ मार्च २६ सम्मको उडान तालिका सार्वजनिक गर्दै बुकिङ खुला गरेको छ। कम्पनीले दीर्घकालीन रूपमा पोखरा–दुबई उडान सञ्चालन गर्ने लक्ष्यसहित अग्रिम बुकिङ खुलाएको हो।

फ्लाइ दुबईका नेपालस्थित जनरल म्यानेजर नवराज शाहीले सुरुमा भदौ ७ गतेदेखि एक महिनासम्म दैनिक एक उडान गर्ने घोषणा गरिएको भए पनि पोखरा उडानलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो।

पोखरा–दुबई उडान सफल बनाउन पोखरा उद्योग वाणिज्य संघसँग सहयोगको आग्रह गर्न आयोजित कार्यक्रममा उहाँले यस उडानमार्फत पोखराबाट दुबई हुँदै लन्डन, न्यूयोर्क, टोकियोलगायत २६० भन्दा बढी अन्तर्राष्ट्रिय गन्तव्यमा सहज रूपमा पुग्न सकिने बताउनुभयो।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि संघले गरेको पहल र लामो रिले अनशनको स्मरण गर्दै यहाँबाट नियमित अन्तर्राष्ट्रिय उडान सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले फ्लाइ दुबई र इमिरेट्समार्फत सुरु हुन लागेको अन्तर्राष्ट्रिय हवाई सेवा सफल हुन नसके पोखराको पर्यटन र अर्थतन्त्र दशकौं पछाडि धकेलिन सक्ने धारणा व्यक्त गर्नुभयो।

चिनियाँ ऋण सहयोगमा करिब २२ अर्ब रुपियाँको लागतमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुस १७ गते उद्घाटन गरिएको थियो। विमानस्थल सञ्चालनमा आएको लामो समयसम्म पनि यहाँबाट नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन।

2