Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक, मुद्रास्फीति भने बढ्यो

अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक, मुद्रास्फीति भने बढ्यो
अ+ अ-

काठमाडौँ- चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालको अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिएका छन् । विदेशी विनिमय सञ्चिति, शोधनान्तर स्थिति र विप्रेषण आप्रवाहमा उल्लेखनीय सुधार आउँदा मुद्रास्फीति नियन्त्रणमा रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

चालु आव २०८२/८३ को जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत र आर्थिक वर्षको ११ महिनाको औसत मुद्रास्फीति २.८९ प्रतिशत रहेको छ ।

कुल विदेशी विनिमय सञ्चिति ३७ खर्ब ५५ अर्ब ६४ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २४ अर्ब ६८ करोड पुगेको छ । यस्तो सञ्चिति १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।

चालु खाता आठ खर्ब दुई अर्ब छ करोड र शोधनान्तर नौ खर्ब २६ अर्ब छ करोड बचतमा रहेको छ । निर्यात १२.३ प्रतिशतले र आयात १५.२ प्रतिशतले बढेको छ ।

नेपाल सरकारको खर्च १३ खर्ब ४६ अर्ब ६५ करोड र राजस्व परिचालन १० खर्ब ८१ अर्ब ३१ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ९.८ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.२ प्रतिशतले बढेको छ । बैङ्क तथा वित्तीय संस्थाको निक्षेप परिचालन १०.३ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ६.२ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.५ प्रतिशत रहेको छ ।

बैङ्क तथा वित्तीय संस्थाबिचको भारित औसत अन्तरबैङ्क दर २.७३ प्रतिशत र ९१ दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.६४ प्रतिशत रहेको छ । वाणिज्य बैङ्कको निक्षेपको भारित औसत ब्याजदर ३.२९ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.६४ प्रतिशत रहेको छ ।

रेमिट्यान्स आप्रवाह २१ खर्बमाथि

समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह ३८.२ प्रतिशतले वृद्धि भई २१ खर्ब २० अर्ब ८० करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १५.६ प्रतिशतले बढेको थियो । गत जेठ महिनामा रेमिट्यान्स आप्रवाह दुई खर्ब तीन अर्ब ८९ करोड रुपियाँ रहेको छ । अघिल्लो वर्षको सोही महिनामा रेमिट्यान्स आप्रवाह एक खर्ब ७६ अर्ब ३२ करोड रहेको थियो ।समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २९.६ प्रतिशतले वृद्धि भई १४ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १२.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) २३ खर्ब २१ अर्ब सात करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १६ खर्ब ६९ अर्ब ५१ करोड रहेको थियो ।

2