Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

घट्यो वैदेशिक लगानी प्रतिबद्धता

घट्यो वैदेशिक लगानी प्रतिबद्धता
A A+ A-

काठमाडौँ- गत आर्थिक वर्षमा वैदेशिक लगानी प्रतिबद्धता घटेको छ । अघिल्लो आवमा ६४ अर्ब ९६ करोड रुपियाँ लगानी प्रतिबद्धता आएकामा आव २०८२/८३ मा एक हजार ११६ परियोजनामार्फत ५८ अर्ब १० लाख रुपियाँको वैदेशिक लगानी भित्रिएको उद्योग विभागले जनाएको छ । यस अनुसार यस वर्ष करिब सात अर्ब रुपियाँले वैदेशिक लगानी प्रतिबद्धता खुम्चिएको हो ।

विभागका अनुसार असारमा मात्र २०२ परियोजनामार्फत १० अर्ब ३८ करोड ४१ लाख रुपियाँ प्रतिबद्धता आएको छ । अन्य महिनाको तुलनामा असारमा लगानी प्रतिबद्धता उच्च आएको विभागको तथ्याङ्कले देखाएको छ । गत आवमा रेगुलर रुटमार्फत आठ अर्ब ५१ करोड ६५ लाख रुपियाँ लगानी प्रतिबद्धता आउँदा अटोमेटिक रुटमार्फत एक अर्ब ८६ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।

गत आवमा सबैभन्दा बढी कृषिक्षेत्रमा मात्रै १८ परियोजनामार्फत २३ अर्ब १८ करोड रुपियाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको देखिन्छ । सबैभन्दा बढी परियोजना सूचना प्रविधिक्षेत्र अन्तर्गतका छन् । विभागमा दर्ता भएका कुल एक हजार ११६ परियोजनामध्ये सूचना प्रविधिक्षेत्रका मात्रै ७२७ परियोजना छन् । यो सङ्ख्या कुल परियोजनाको ६५ प्रतिशत हो । यस्तै ऊर्जामूलक चार परियोजनामार्फत सात अर्ब १६ करोड ८६ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।

यस्तै पर्यटनमूलक २२७ परियोजनामार्फत १३ अर्ब ९९ करोड ७४ लाख ५० हजार रुपियाँ लगानी प्रतिबद्धता आएको हो ।

विभागका अनुसार ७१ वटा सेवामूलक परियोजनामा चार अर्ब ९१ करोड ४० लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । यस्तै पूर्वाधारमूलक दुई परियोजनामार्फत एक अर्ब ८० करोड ४४ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । यस्तै खनिजमूलक चार परियोजनामार्फत १८ करोड ५० लाख रुपियाँ प्रतिबद्धता आएको छ ।

कुल लगानी प्रतिबद्धतामध्ये, कृषिक्षेत्रमा ४० प्रतिशत, पर्यटनक्षेत्रमा २४ प्रतिशत, ऊर्जाक्षेत्रमा १२ प्रतिशत सेवाक्षेत्रमा नौ प्रतिशत र उत्पादनमूलक क्षेत्रमा सात प्रतिशत लगानी प्रतिबद्धता आएको छ । एक वर्षमा एक हजार ९२ साना उद्योग, १२ वटा मझौला र १२ ठुुला उद्योग दर्ता भएको विभागले जनाएको छ ।

2