udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

नेपाल एसबिआई बैंकको नाफा २ अर्ब ४ करोड, लाभांश क्षमता ११ प्रतिशत

नेपाल एसबिआई बैंकको नाफा २ अर्ब ४ करोड, लाभांश क्षमता ११ प्रतिशत
A A+ A-

काठमाडौं । नेपाल एसबिआई बैंकले आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ४ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १२.८९ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्ष बैंकले १ अर्ब ८१ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बैंकको नाफा बढ्नुमा खुद ब्याज आम्दानीमा भएको वृद्धि र कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने ‘इम्पेयरमेन्ट चार्ज’ घट्नु मुख्य कारण देखिएको छ।

निष्क्रिय कर्जा घट्दा सम्पत्तिको गुणस्तरमा सुधार

बैंकको खुद ब्याज आम्दानी १.३० प्रतिशतले बढेर ५ अर्ब ३३ करोड ४३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ५ अर्ब २६ करोड ६० लाख रुपैयाँ थियो। निक्षेपमा वृद्धि र तरलता पर्याप्त रहे पनि ब्याज खर्चमा आएको कमी तथा कर्जा परिचालन बढेका कारण खुद ब्याज आम्दानीमा सुधार आएको हो।

त्यस्तै, खुद फि तथा कमिसन आम्दानी ७.१२ प्रतिशतले बढेर १ अर्ब ३० करोड २७ लाख ६८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी १ अर्ब २१ करोड ६१ लाख ७९ हजार रुपैयाँ थियो।

बैंकको कुल सञ्चालन आम्दानी ७ अर्ब १५ करोड ७८ लाख रुपैयाँ पुगेको छ। कर्मचारी तथा अन्य सञ्चालन खर्च बढे पनि ब्याज र कमिसनबाट हुने आम्दानी बलियो रहँदा समग्र नाफामा सुधार देखिएको हो।

बैंकको कर्मचारी खर्च १०.१६ प्रतिशतले बढेर २ अर्ब १८ करोड ४८ लाख रुपैयाँ पुगेको छ। अन्य सञ्चालन खर्च पनि ४.१० प्रतिशतले बढेर ७९ करोड ६९ लाख रुपैयाँ पुगेको छ।

व्यवसाय विस्तारतर्फ बैंकको निक्षेप संकलन ६.६२ प्रतिशतले बढेर २ खर्ब १२ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। कर्जा प्रवाह भने ८.२३ प्रतिशतले बढेर १ खर्ब ४६ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। बैंकको कर्जा–निक्षेप अनुपात ७१.१६ प्रतिशत रहेको छ, जसले थप कर्जा विस्तारका लागि बैंकसँग पर्याप्त ठाउँ रहेको देखाउँछ।

बैंकको सम्पत्तिको गुणस्तरमा समेत सुधार आएको छ। अघिल्लो आर्थिक वर्ष ३.३५ प्रतिशत रहेको निष्क्रिय कर्जा (एनपीएल) घटेर २.९२ प्रतिशतमा झरेको छ। निष्क्रिय कर्जा घटे पनि बैंकले करिब १ अर्ब रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गरेको छ। एनपीएलमा कर्जा नोक्सानी व्यवस्था अनुपात १४५.७४ प्रतिशत पुगेको छ।

बैंकको कोषको लागत ५.१८ प्रतिशतबाट घटेर ४.०६ प्रतिशतमा झरेको छ। आधार दर पनि ६.२९ प्रतिशतबाट घटेर ५.२१ प्रतिशतमा आएको छ। यस्तै, ब्याजदर अन्तर (स्प्रेड) ३.५२ प्रतिशतबाट घटेर ३.२१ प्रतिशत कायम भएको छ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब २५ करोड १६ लाख रुपैयाँ रहेको छ। ११ अर्ब ३३ करोड ५१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको लाभांश क्षमता ११.०४ प्रतिशत रहेको छ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि १५ रुपैयाँ ९८ पैसाबाट बढेर १८ रुपैयाँ ४ पैसा पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ७३ पैसा, पीई रेसियो २१.७७ गुणा र पूँजी कोष अनुपात १३.७४ प्रतिशत रहेको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action