Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशत बढेर ४ अर्ब ५५ करोड

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशत बढेर ४ अर्ब ५५ करोड
A A+ A-

काठमाडौँ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ६०.६८ प्रतिशतले बढेको हो । अघिल्लो आवमा बैंकको खुद नाफा २ अर्ब ८३ करोड ६० लाख रुपैयाँ थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालका अनुसार कर्जा लगानी र आम्दानीमा भएको वृद्धि तथा सम्भावित जोखिमबापत छुट्याइने इम्पेयरमेन्ट चार्ज घट्दा नाफामा उल्लेख्य सुधार आएको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ९६ करोड ६१ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो आवको तुलनामा १७.८५ प्रतिशत बढी हो । त्यस्तै, कुल सञ्चालन आम्दानी १३ अर्ब १८ करोड ५५ लाखबाट १४.१९ प्रतिशतले बढेर १५ अर्ब ५ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।

बैंकको खुद सञ्चालन नाफा ६४.२६ प्रतिशतले बढेर ६ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यस्तो नाफा ३ अर्ब ९४ करोड २० लाख रुपैयाँ थियो । यसैगरी, अघिल्लो आवमा वितरणयोग्य मुनाफा शून्य रहेकोमा गत आवमा १ अर्ब ७ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म बैंकको कुल निक्षेप ६ खर्ब ८६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । खुद कर्जा तथा सापट ३ खर्ब ४० अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा निक्षेप ३७.११ प्रतिशत र कर्जा तथा सापट १२.५० प्रतिशतले बढेको हो ।

बैंकको कुल समग्र आम्दानी ३ अर्ब ९० करोड ८९ लाख रुपैयाँ रहेको छ । पुँजी कोष अनुपात ११.४० प्रतिशत, कर्जा–निक्षेप अनुपात ५०.८७ प्रतिशत र असारको आधारदर ४.२० प्रतिशत रहेको छ । त्रैमासिक औसत आधारदर ४.२२ प्रतिशत कायम भएको छ ।

बैंकको निष्क्रिय कर्जा अनुपात ३.९५ प्रतिशत, ब्याजदर अन्तर ३.३७ प्रतिशत र कोषको लागत २.९६ प्रतिशत रहेको छ । त्यस्तै, प्रतिसेयर आम्दानी २९.१४ रुपैयाँ कायम भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले सातै प्रदेशका ७७ जिल्लाबाट वित्तीय सेवा दिँदै आएको छ । बैंकका ३१६ शाखा, ३३५ एटिएम र १ लाख ४८ हजार क्यूआर मर्चेन्ट सञ्चालनमा छन् । बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता २० लाख ६२ हजार पुगेका छन् भने कुल ग्राहक संख्या ४८ लाख ७० हजार रहेको छ ।

बैंकले सरकारी कारोबार र क्यूआर मर्चेन्ट कारोबारमा समेत अग्रणी स्थान कायम गरेको जनाएको छ । प्रमुख कार्यकारी अधिकृत खनालले बैंकको प्रगतिमा योगदान पुर्याउने निक्षेपकर्ता, कर्जा ग्राहक, शेयरधनी, नेपाल सरकार, कर्मचारी तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गरेका छन् ।

2