udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

एनआईसी एशिया १८ करोड नाफामा

एनआईसी एशिया १८ करोड नाफामा
A A+ A-

काठमाडौं । ठूलो सञ्चित घाटा र खराब कर्जाको दबाबमा परेको एनआईसी एशिया बैंकले गत आर्थिक वर्षमा नाफामा फर्किन सफल भएको छ। बैंकले आर्थिक वर्ष २०८२/८३ मा १८ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको हो। अघिल्लो आर्थिक वर्षमा बैंक ३ अर्ब ८७ करोड २० लाख रुपैयाँ घाटामा थियो।

बैंकको नाफामा सुधार आउनुमा कमिसन आम्दानी बढ्नु र खराब कर्जाबापत गर्नुपर्ने प्रोभिजनिङ उल्लेख्य घट्नु मुख्य कारण देखिएको छ। बैंकको कमिसन आम्दानी १७.४२ प्रतिशत बढेर १ अर्ब ४२ करोड १६ लाख रुपैयाँ पुगेको छ।

यस्तै, बैंकको इम्पेयरमेन्ट चार्ज अर्थात् प्रोभिजनिङ रकम ६९.९६ प्रतिशत घटेको छ। अघिल्लो आवमा ९ अर्ब ७१ करोड ३८ लाख रुपैयाँ रहेको प्रोभिजनिङ गत आवमा घटेर २ अर्ब ९१ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ। प्रोभिजनिङमा आएको ठूलो गिरावटले बैंकलाई घाटाबाट नाफामा फर्किन महत्वपूर्ण आधार दिएको हो।

तर, बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानीमा भने गिरावट आएको छ। अघिल्लो आवमा १० अर्ब १३ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आवमा घटेर ७ अर्ब ८४ करोड रुपैयाँमा झरेको छ।

नाफामा फर्किएसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ऋणात्मक अवस्थाबाट धनात्मक भएको छ। अघिल्लो आवमा २५.९६ रुपैयाँ ऋणात्मक रहेको ईपीएस गत आवमा १.२२ रुपैयाँ धनात्मक भएको छ। बैंकको प्रतिसेयर नेटवर्थ १७२.३२ रुपैयाँ रहेको छ।

बैंकको तरलता अनुपात ४७.८२ प्रतिशत, मूल्य आम्दानी अनुपात २६६.९० गुणा र कुल सम्पत्तिमा प्रतिफल (आरओए) ०.०५ प्रतिशत रहेको छ। यस्तै, पूँजीकोष अनुपात ११.१० प्रतिशत, कस्ट अफ फण्ड ४.०२ प्रतिशत, सीडी रेसियो ६१.०७ प्रतिशत, बेस रेट ५.८३ प्रतिशत र स्प्रेड दर ३.५० प्रतिशत रहेको छ। बैंकको आरओई ०.७१ प्रतिशत छ।

नाफामा फर्किए पनि बैंकको खराब कर्जा अनुपात भने बढेको छ। अघिल्लो अवधिको तुलनामा सामान्य वृद्धि हुँदै खराब कर्जा अनुपात ९.२६ प्रतिशत पुगेको छ।

बैंकको वित्तीय अवस्थामा सुधार देखिए पनि वितरणयोग्य मुनाफा भने अझै ठूलो ऋणात्मक अवस्थामा छ। गत आवको अन्त्यसम्म बैंकको वितरणयोग्य मुनाफा १४ अर्ब ८६ करोड ५० लाख रुपैयाँ ऋणात्मक रहेको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action