udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ

केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ
A A+ A-

काठमाडौँ। नेपाल प्रहरीको साइबर ब्यूरोले बैंकबाट फोन गरेको भन्दै केवाइसी अपडेटका नाममा ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा देउताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिका–१६ का २२ वर्षीय जयकुमार केवट, रामग्राम नगरपालिका–१७ का २२ वर्षीय विद्यासागर केवट र पर्सा वीरगञ्ज महानगरपालिका–३ का २७ वर्षीय कुवेर थापा रहेका छन् ।

साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार पक्राउ परेकाहरूले आफू बैंकबाट बोलेको भन्दै विशेषगरी बहालवाला तथा सेवानिवृत्त कर्मचारीलाई लक्षित गरी फोन तथा ह्वाट्सएप कल गर्ने गरेका थिए ।

उनीहरूले केवाइसी अपडेट गर्नुपर्ने भन्दै पीडितलाई मोबाइलको स्क्रिन सेयर गर्न लगाउने, ओटिपी कोड प्राप्त गर्ने वा ओटिपी कोड माग्ने र त्यसका आधारमा पीडितको बैंक खातामा अनधिकृत पहुँच पुर्‍याई रकम अन्य खातामा रकमान्तर गरेर ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारै जनाविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत अनधिकृत पहुँच तथा विद्युतीय माध्यमसम्बन्धी ठगी कसुरमा अनुसन्धान भइरहेको छ । उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट आज पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको साइबर ब्यूरोले जनाएको छ ।

प्रहरीले बैंक तथा वित्तीय संस्थाको नाममा फोन वा अनलाइन सम्पर्क गरी ओटिपी, पासवर्ड, पिन तथा अन्य संवेदनशील विवरण मागेमा उपलब्ध नगराउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action