Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बाढीको चपेटामा रसुवा र नुवाकोटका दर्जनभन्दा बढी बैंक शाखा

बाढीको चपेटामा रसुवा र नुवाकोटका दर्जनभन्दा बढी बैंक शाखा
अ+ अ-

काठमाडौं । चीनको तिब्बतबाट आएको बाढीका कारण रसुवाको टिमुरे र नुवाकोटको बेत्रावती क्षेत्रमा सञ्चालित दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थाका शाखा प्रभावित भएका छन्।

नेपाल बैंकर्स संघका अनुसार टिमुरेमा रहेका नेपाल इन्भेस्टमेन्ट मेगा, नबिल, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, हिमालयन, एनएमबी, प्रभु र माछापुच्छ्रे बैंकलगायत नौ वाणिज्य बैंकका शाखा बाढीको चपेटामा परेका छन्। प्रारम्भिक विवरणअनुसार केही शाखामा ठूलो भौतिक क्षति पुगेको छ भने केही बैंकका संरचना बाढीले बगाएको जानकारी प्राप्त भएको छ।

नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले प्रभावित शाखाका कर्मचारीसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको र कर्मचारीको अवस्थाबारे जानकारी लिएपछि मात्रै क्षतिको विस्तृत विवरण संकलन गरिने बताएका छन्।

बैंक तथा वित्तीय संस्था परिसंघले पनि अहिले भौतिक क्षतिको विवरण संकलनभन्दा कर्मचारीको अवस्था पहिचान तथा उद्धार समन्वयलाई प्राथमिकतामा राखिएको जनाएको छ।

2