Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

उद्योगको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्न ‘टीआईसी’ स्थापना

उद्योगको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्न ‘टीआईसी’ स्थापना
अ+ अ-

काठमाडौँ। नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभीईटी)प्रणालीलाई उद्योगको आवश्यकता र श्रम बजारको मागसँग जोड्दै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले निजी क्षेत्रका पाँच प्रतिनिधिमूलक संस्थाको संयुक्त पहलमा टीभीईटी इन्डस्ट्री काउन्सिल (टीआईसी) स्थापना भएको छ।

नेपाल उद्योग परिसंघ (सीएनआई), नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल महिला उद्यमी महासंघ र होटल संघ नेपालको संयुक्त पहलमा कम्पनी रजिस्ट्रारको कार्यालयमा टीआईसी दर्ता गरिएको हो।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगकी सदस्य रेशु अर्याल ढुंगाना, सीएनआई अध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल घरेलु तथा साना उद्योग महासंघकी अध्यक्ष शोभा गुरुङ, नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष दर्शना श्रेष्ठ, होटल संघ नेपालका अध्यक्ष विनायक शाह र नेपाल निर्माण व्यवसायी महासंघका उपमहासचिव मंगल शाहीले संयुक्त रूपमा टीआईसीको उद्घाटन गरे।

टीआईसीले उद्योगको आवश्यकता र श्रम बजारको मागअनुसार दक्ष जनशक्ति विकास गर्न सरकार, उद्योग, टीभीईटी प्रदायक संस्था तथा अन्य सरोकारवालाबीच सहकार्य र समन्वय गर्नेछ। संघीय, प्रदेश तथा स्थानीय सरकार, सीटीईभीटी, एनएभीटी, तालिम प्रदायक संस्था, विश्वविद्यालय, वस्तुगत संघ, सेक्टर स्किल कमिटी तथा विकास साझेदारसँग सहकार्य गर्दै नीति निर्माण, योजना, मापदण्ड विकास, पाठ्यक्रम सुधार, प्रमाणीकरण, प्रशिक्षार्थी कार्यक्रम, श्रम बजार अनुसन्धान तथा जनशक्ति विकासमा रोजगारदाताको सामूहिक प्रतिनिधित्व गर्ने काउन्सिलले जनाएको छ।

नेपालको टीभीईटी प्रणालीमा तालिम र श्रम बजारको मागबीचको सीप असन्तुलन प्रमुख चुनौतीका रूपमा रहेको निजी क्षेत्रको भनाइ छ। नीति तथा सुशासनमा रोजगारदाताको सीमित सहभागिता, उद्योग र तालिम प्रदायकबीच कमजोर समन्वय, कार्यस्थलमा आधारित सिकाइका सीमित अवसर, उद्योगको आवश्यकताअनुकूल दक्षतामा आधारित मापदण्ड तथा पाठ्यक्रमको अभाव र श्रम बजारसम्बन्धी सूचनाको कमीले सीप विकास र रोजगारीबीचको दूरी बढाएको छ।

टीआईसी अध्यक्ष एवं सीएनआई अध्यक्ष पाण्डेले यी चुनौती सम्बोधन गर्न काउन्सिलले उद्योगको आवश्यकतालाई टीभीईटी प्रणालीसँग जोड्ने बताए।

उनका अनुसार टीभीईटीको नीति निर्माणदेखि पाठ्यक्रम विकास, सीपको माग पहिचान, तालिमको गुणस्तर, उद्योगमा आधारित सिकाइ र रोजगारीका परिणामसम्म निजी क्षेत्रको आवश्यकतालाई संस्थागत रूपमा जोड्ने काम टीआईसीले गर्नेछ।

“बजारको माग के हो, उद्योगलाई आवश्यक पर्ने सीप र दक्ष जनशक्ति कस्तो हो र आगामी दिनमा कुन क्षेत्रमा रोजगारीका अवसर सिर्जना हुन सक्छन् भन्नेबारे निजी क्षेत्रबाट नियमित सूचना तथा सुझाव संकलन गरी सम्बन्धित निकायसम्म पुर्‍याउने काम हुनेछ,” पाण्डेले भने।

उद्योगको माग र टीभीईटी प्रणालीबीच बलियो सम्बन्ध स्थापित गर्न सके सीप विकासबाट रोजगारी, उत्पादकत्व वृद्धि र आर्थिक रूपान्तरण हासिल गर्न सकिने उनको भनाइ छ।

टीआईसीले निजी क्षेत्रको नेतृत्व तथा सहभागिता सुदृढ गर्ने, उद्योगको माग र जनशक्तिको सीपबीचको खाडल कम गर्ने तथा मागमा आधारित र बजारउत्तरदायी तालिम प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। त्यस्तै, उद्योग, सरकार, तालिम प्रदायक संस्था र विकास साझेदारबीच सहकार्य सहजीकरण गर्ने, सीप विकास तथा रोजगारीसम्बन्धी नीतिका लागि पैरवी गर्ने, उद्योगमा आवश्यक नयाँ प्रविधि तथा सीपलाई टीभीईटी प्रणालीसँग जोड्ने र श्रम बजारसम्बन्धी अनुसन्धान तथा सूचना प्रणालीलाई सुदृढ गर्ने काउन्सिलको योजना छ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव जयराम अधिकारीले धारणा राखेका थिए। सीएनआईका महानिर्देशक डा। घनश्याम ओझाले टीआईसी स्थापनाको उद्देश्य र कार्यक्षेत्रबारे प्रस्तुतीकरण गरेका थिए। प्रस्तुतीकरणपछि प्राध्यापक डा। उर्सुला रेनल्ड र विषयविज्ञ डा। रामहरी लामिछानेले पनि धारणा राखेका थिए।

टीआईसीमा ११ सदस्यीय सञ्चालक समिति रहने व्यवस्था गरिएको छ। संस्थापक सदस्य संस्थाबीच प्रत्येक दुई वर्षमा नेतृत्व हस्तान्तरण हुने व्यवस्था गरिएको छ भने पहिलो अध्यक्षका रूपमा सीएनआई अध्यक्षले नेतृत्व गर्नेछन्। सञ्चालक समितिमा टीभीईटी तथा श्रम बजारसम्बन्धी विज्ञहरूको समेत सहभागिता रहनेछ।

हाल पाँच वटा संस्थामात्र आबद्ध रहे पनि आगामी दिनमा निजी क्षेत्रका अन्य प्रतिनिधिमूलक संस्थालाई समेत टीआईसीमा समेट्दै जाने योजना रहेको काउन्सिलले जनाएको छ ।

2