Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भारतले नेपालमा पठायो १० टन राहत सामग्री

भारतले नेपालमा पठायो १० टन राहत सामग्री
अ+ अ-

काठमाडौं। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि भारतले नेपालमा १० टन राहत तथा औषधिजन्य सामग्री पठाएको छ।

भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत नेपालका बाढी प्रभावित क्षेत्रमा मानवीय सहायता उपलब्ध गराउन उक्त राहत सामग्री पठाइएको जानकारी दिएका हुन्।

जयशंकरले भारत नेपाल र नेपाली जनताको साथमा रहेको उल्लेख गर्दै विपत्तिको यस घडीमा आवश्यक सहयोग उपलब्ध गराइएको बताएका छन्।

राहत सामग्री भारतीय वायुसेनाको जहाजमार्फत काठमाडौं ल्याइएको हो। सामग्रीमा बाढी प्रभावितका लागि आवश्यक राहत तथा औषधिजन्य सामग्री रहेको बताइएको छ।

रसुवाको भोटेकोशी क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। प्रारम्भिक विवरणअनुसार बाढीमा कम्तीमा ९५ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस प्रभावित भएका छन्।

बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका नदीतटीय क्षेत्रमा सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा समेत व्यापक क्षति पुर्‍याएको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ।

2