काठमाडौँ। स्थानीय बजारमा बिहिबार सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा १ हजार ३० रुपैयाँले घटेर ३ लाख २० हजार ९ सय रुपैयाँ कायम भएको छ। बुधबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा १० रुपैयाँले घटेर ४ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।
