भद्रपुर । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि झापाको शिवसताक्षी नगरपालिकाका कर्मचारीले करिब रु आठ लाख जम्मा गरेका छन् ।
नगरपालिकाका कर्मचारीको आज बसेको बैठकले अधिकृत तहका कर्मचारीबाट जनही रु पाँच हजार, सहायक चौथो र पाँचौँ तहबाट जनही रु चार हजार तथा कार्यालय सहयोगी र सवारी चालकबाट रु तीन हजारका दरले रकम जम्मा गरेका हुन् ।
नगरपालिकाका लेखा अधिकृत प्रकाश योङहाङका अनुसार सङ्कलन भएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने बताए । नगरपालिकामा १८२ जना कर्मचारी कार्यरत छन् ।
