Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बालबालिकाको गोपनीयता मुद्दामा टिकटकले तिर्ने भयो ४० करोड डलर

बालबालिकाको गोपनीयता मुद्दामा टिकटकले तिर्ने भयो ४० करोड डलर
अ+ अ-

काठमाडौं। बालबालिकाको गोपनीयतासम्बन्धी अमेरिकी कानून उल्लंघन गरेको आरोपमा टिकटक र यसको मूल कम्पनी बाइटडान्स अमेरिकी न्याय मन्त्रालयसँग ४० करोड अमेरिकी डलरमा मुद्दा मिलाउन सहमत भएका छन्।

सम्झौताअनुसार टिकटकले तत्काल ३० करोड डलर तिर्नेछ भने थप १० करोड डलर पूर्ववर्ती कम्पनी म्युजिकललीसँग सम्बन्धित सहमति आदेश खारेज भएपछि तिर्नुपर्नेछ।

अमेरिकी न्याय मन्त्रालयले यो रकम बालबालिकाको अनलाइन गोपनीयता संरक्षणसम्बन्धी कानूनअन्तर्गतको सबैभन्दा ठूलोमध्ये एक भएको जनाएको छ।

अमेरिकी सरकारले टिकटकले १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई अभिभावकको जानकारी वा सहमतिबिना खाता खोल्न दिएको र उनीहरूको व्यक्तिगत विवरण संकलन तथा भण्डारण गरेको आरोप लगाएको थियो। अभिभावकले खाता वा व्यक्तिगत विवरण हटाउन अनुरोध गर्दा पनि कम्पनीले पर्याप्त रूपमा सम्बोधन नगरेको सरकारको दाबी थियो।

मुद्दा बालबालिकाको अनलाइन गोपनीयता संरक्षण ऐनअन्तर्गत अघि बढाइएको थियो। उक्त कानूनले १३ वर्षभन्दा कम उमेरका बालबालिकाको व्यक्तिगत विवरण संकलन गर्नुअघि अभिभावकको जानकारी र प्रमाणित सहमति लिनुपर्ने व्यवस्था गरेको छ।

टिकटकमाथिको विवाद नयाँ भने होइन। यसको पूर्ववर्ती म्युजिकललीले सन् २०१९ मा बालबालिकाको व्यक्तिगत विवरण अभिभावकको सहमतिबिना संकलन गरेको आरोपमा अमेरिकी संघीय व्यापार आयोगसँग ५७ लाख डलरमा मुद्दा मिलाएको थियो।

बालबालिकाको गोपनीयता र सुरक्षालाई लिएर टिकटकमाथि अमेरिकाबाहेक युरोप र बेलायतमा समेत नियामकीय दबाब बढिरहेको छ। युरोपेली आयोगले नाबालिग प्रयोगकर्ताको सुरक्षा मापदण्डबारे प्रारम्भिक निष्कर्ष सार्वजनिक गरिसकेको छ भने बेलायतको सञ्चार नियामकले बालबालिकालाई हानिकारक सामग्रीबाट जोगाउने टिकटकको प्रणालीबारे अनुसन्धान गरिरहेको छ।

तर अमेरिकी सम्झौता टिकटक दोषी ठहर भएर तिर्न लागेको जरिवाना भने होइन। अमेरिकी न्याय मन्त्रालयले सम्झौतामा समेटिएका दाबी आरोप मात्र रहेको र टिकटकको कानूनी दायित्व निर्धारण नभएको स्पष्ट पारेको छ।

2