Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा

एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा
अ+ अ-

काठमाडौँ। रसुवा बाढीबाट प्रभावितको राहत र उद्धारका लागि नेकपा (एमाले) को दुई प्रदेश कमिटीले प्रधानमन्त्री राहत कोषमा रु २० लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा आज बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि जान लागेको युवा स्वयंसेवक फोर्सका टोलीको बिदाइको क्रममा उक्त सहयोग घोषणा गरिएको पार्टी सचिव एवं बागमती प्रदेशका इञ्चार्ज महेश बस्नेतले जानकारी दिए ।

एमाले बागमती प्रदेश कमिटी र राजधानी प्रदेश कमिटीले क्रमशः रु १०/१० लाख उपलब्ध गराउने तथा सबै तहका कमिटीबाट सहयोग सङ्कलन गरी एकमुष्ट सहयोग गरिने उनले बताए । यसअघि एमाले महासचिव शङ्कर पोखरेलको नेतृत्वमा सचिव डा राजन भट्टराई, नीति अध्ययन प्रतिष्ठानका प्रमुख विष्णु रिमाल, जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख विशाल भट्टराई, स्वास्थ्य विभाग प्रमुखका कृष्णगोपाल श्रेष्ठ, प्रचार तथा प्रकाशन विभाग प्रमुखका नीरज आचार्य, विभिन्न जनसङ्गठनका प्रमुखलगायतले बिहीबार नुवाकोटको विदुर पुगेर बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अवस्थाबारे जानकारी लिएको थियो ।

टोलीले प्रभावित क्षेत्रको अवस्था, उद्धार तथा राहतको आवश्यकता र तत्काल गर्नुपर्ने कामबारे स्थानीयसँग जानकारी लिएको थियो । एमालेले विपद्को समयमा पार्टीका नेता तथा कार्यकर्तालाई राहत, उद्धार तथा स्वयंसेवी कार्यमा परिचालन गर्ने तयारी गरेको छ ।

प्रवासी कमिटीले २० लाख दिने

एमाले निकटकै नेपाली मञ्च, अन्तरराष्ट्रिय कमिटीले बाढी पहिरोको विपत्तिमा परेकाको उद्धार तथा राहत कोषमा तत्काल रु २० लाख सहयोग गर्ने भएको छ । कमिटीको सचिवालयको आकस्मिक बैठकले मातृभूमिप्रतिको दायित्वलाई आत्मसात गर्दै बाढीपहिरो प्रभावित नागरिकको तत्काल राहत तथा सहयोगका लागि कमिटीको कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

2