Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बाढी प्रभावित तीन जिल्लामा एनसेलका १४ मोबाइल टावर पुनः सञ्चालन

बाढी प्रभावित तीन जिल्लामा एनसेलका १४ मोबाइल टावर पुनः सञ्चालन
अ+ अ-

काठमाडौं। बाढी तथा पहिरोका कारण अवरुद्ध भएको दूरसञ्चार सेवा पुनःस्थापना गर्ने क्रममा एनसेलले रसुवा, नुवाकोट र धादिङमा एकैदिन १४ वटा मोबाइल साइट पुनः सञ्चालनमा ल्याएको छ। प्रभावित क्षेत्रमा सञ्चार सेवा नियमित बनाउन कम्पनीले प्राविधिक टोलीलाई हवाई तथा स्थलमार्गबाट परिचालन गरी नेटवर्क पुनःस्थापनाको कामलाई तीव्रता दिएको जनाएको छ।

एनसेलका अनुसार तीन जिल्लामा बाढी तथा पहिरोबाट प्रभावित कुल २७ साइटमध्ये रसुवाका ३, नुवाकोटका ८ र धादिङका ३ गरी १४ साइट सञ्चालनमा आएका छन्।

विपद्का कारण करिब ७० देखि ८० किलोमिटर क्षेत्रमा फाइबर लिंकमा समस्या आएपछि ती मोबाइल साइट प्रभावित भएका थिए। नेटवर्क अवरुद्ध हुँदा प्रभावित क्षेत्रका नागरिकसँगै खोज, उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका टोलीलाई समेत सञ्चार सम्पर्कमा कठिनाइ भएको थियो।

एनसेलकी नेटवर्क हेड लेना केशरी कंसाकारका अनुसार सम्भव भएका स्थानमा क्षतिग्रस्त फाइबर मर्मत गरी टावर सञ्चालनमा ल्याइएको छ। केही स्थानमा पुराना माइक्रोवेभ लिंक प्रयोग गरेर नेटवर्क पुनःस्थापना गरिएको छ भने केही क्षेत्रमा फाइबर कनेक्टिभिटी पुनःस्थापनाका लागि इन्टरनेट सेवा प्रदायकसँग सहकार्य गरिएको छ।

बन्द रहेको नेटवर्क पुनःस्थापनाका लागि एनसेलले आफ्ना प्राविधिक टोलीलाई हवाई र स्थलमार्ग दुवैबाट प्रभावित क्षेत्रमा परिचालन गरेको थियो। सरकारी निकायको सहयोग र समन्वयमा टोलीहरू प्रभावित क्षेत्रमा पुगेर नेटवर्क मर्मत तथा पुनःस्थापनाको काममा जुटेका थिए।

यसैबीच, धादिङको गल्छी क्षेत्रमा आज दिउँसो १२ः४७ बजे बाढीको भग्नावशेष हटाउने क्रममा फाइबर काटिँदा थप १८ वटा साइट प्रभावित भएका थिए। एनसेलले तत्काल प्राविधिक टोली परिचालन गरी ती सबै १८ साइटसमेत पुनः सञ्चालनमा ल्याएको जनाएको छ।

कम्पनीले विपद्को समयमा दूरसञ्चार सेवा निरन्तर सञ्चालनमा रहनु खोज तथा उद्धार, राहत वितरण र प्रभावित नागरिकबीच समन्वयका लागि अत्यन्त महत्वपूर्ण रहेको जनाएको छ। प्रभावित क्षेत्रमा रहेका नागरिकलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन तथा उद्धार र राहतसम्बन्धी आवश्यक समन्वय गर्न सहज होस् भन्ने उद्देश्यले नेटवर्क पुनःस्थापनालाई उच्च प्राथमिकता दिइएको एनसेलको भनाइ छ।

नेटवर्क पुनःस्थापनामा सहयोग तथा समन्वय गर्ने नेपाल दूरसञ्चार प्राधिकरण, सूचना तथा सञ्चारसम्बन्धी निकाय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय, नेपाली सेना लगायत सम्बन्धित सरकारी निकायप्रति एनसेलले आभार व्यक्त गरेको छ। साथै, ह्वावे र जेटीईलगायतका प्राविधिक साझेदार संस्थालाई समेत कम्पनीले धन्यवाद दिएको छ।

एनसेलले विपद्को कठिन घडीमा प्रभावित समुदायको साथमा रहँदै आवश्यकताअनुसार आफ्ना नेटवर्क तथा प्राविधिक स्रोतसाधन परिचालन गरी दूरसञ्चार सेवा यथासम्भव निरन्तर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

2